युवा संघको महाधिवेशन आजदेखि पोखरामा, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

पोखरा । नेकपा (एमाले)निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरू हुदैछ । महाधिवेशनको पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले  मध्यान्ह १२ः१५ बजे उद्घाटन गर्नुहुने कार्यक्रम छ । उहाँ बिहान ११ः३० बजे पोखरा आउने बताइएको छ ।

प्रधानमन्त्री ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि शुक्रबार नै पोखरा आउनुभएको छ । जनसंगठन समन्वय संयन्त्र प्रमुखसमेत रहनुभएका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पोखरा आएकाे संघले जनाएको छ ।

 

महाधिवेशनको बन्द सत्र पोखरा सभागृहमा हुने युवा संघ नेपाल कास्की सचिव हिमाल गुरुङले जानकारी दिनुभयो । महाधिवेशनबाट अध्यक्ष, २ जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ४ जना सचिवसहित १ सय ५१ सदस्यीय कमिटी निर्वाचित हुनुहुनेछ ।

 

 

महाधिवेशनबाट अध्यक्षसहित सिंगो कमिटी सर्वसम्मत चयन गर्ने तयारी छ । महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि पोखरा आउने क्रम जारी छ । जेठ ११ सम्म चल्ने महाधिवेशनका लागि देशभरबाट करिब २ हजार जना प्रतिनिधिकाे सहभागीता रहने युवा संघले  जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...