पाेखरा, जेठ १० गते ।कास्कीकोट भुजेलवारीकी धनुमाया भुजेल. जिसीका आखाँ महिना दिन देखी ओभाना छैनन् । गाउँमा कोही नयाँ मान्छे देख्ने वितीकै उनले आफ्नो छोरालाई केही सहयोग गर्न सक्छकी भनेर विन्ती विसाइ हाल्छीन् । घरमा परिवारको जेठो छोरो विगत महिना दिन देखी मिर्गौला पिडीत भएर छटपटाई रहेका छन् ।
३८ वर्षीय तिर्थ वहादुर जिसी गएको फागुनमा पेट दुख्ने समस्याले पोखराको पश्चिीमाञ्चल –गण्डकी) अस्पतालमा गएका थिए । सुरुमा डाक्टरले अल्सरको लक्षण देखाए औषधी लेखी दिए । त्यस पछि केही हप्ता सम्म अल्सरको औषधी सेवन गरेका जिसीलाई समस्या २० को १९ भएन झन चापे जस्तो लाग्यो फेरी गण्डकीमै गएर उपचार गराए डाक्टरले औषधीको डोज पनि थपी दिए ।
तर ,उनको समस्या झन वल्झीयो । गएको जेठमा मणिपाल शिक्षण अस्पतालमा देखाउदा एउटा मिगौला पुर्ण रुपमा विग्रीएको र अर्को मिर्गाैलाले १३ प्रतिशत मात्र काम गरेको जानकारी पाउदा छागावाट खसे जस्तो भए ।
अल्सरको औषधीको वढी डोजले मिर्गाैलानै विग्रीएको उनकी श्रीमती नीरु जिसी बताउछिन् । बैशाख १४ गतेदेखी मिर्गाैला विग्रीएको थाहा पाए पछि परिवार अहिले सहयोगको याचना गरीरहेको छ । महिना दिनमै ६ लाख खर्च भइसहेको छ । अहिले सम्म परिवारका अन्य सदस्य र गाउँका छर छिमेकीले सयोग गरेर उपचार गराई रहेका तिर्थ लाई अहिले नियमीत डाइलाईसीस गराउन समेत आर्थीक अभाव भएको छ ।
यतिबेला तिर्थको परिवारमा उपचार गर्न र परिवारको बिहान बेलुकाको खर्च जुटाउन हम्मे हम्मे भएको छ । मृगौला रोगको उपचार महँगो भएकाले उपचार गर्न कठिनाई भैरहेको उनका भाई नारयण जिसी बताउछन् ।
दाईको उपचारका लागि आर्थिक अभाव हुँदा उपचारमा समस्या हुने गरेको छ, उनले भने “जिवन रक्षा गर्न मानव रुपी सहयोग गरी जीवन बचाइदिन बिनम्र अनुरोध गर्दछु ।”
७ वर्ष वैदेशीक रोजगारमा रहेका उनी कोरोनाको समयमा नेपाल फर्कीएका थिए । रोमानीया जाने तयारी गरेर पार्सपोट समेत वुझाएका थिए । गाउँमा ज्यामी काम गदै परिवार पाल्दै आएका तिर्थ स्वास्थ्य राम्रो भएको भए यती वेला उनी रोमानीयामा हुने उनका बाबु मोती भुजेल बताउछन् । हामी अरुलाई सहयोग गर्छौ भन्ने अवस्थामा आएका थियो अचानक आफनै जेठो छोरोको जिवन मरणको अस्थामा रहेकाले सबैसगँ सहयोग माग्नु परेको बताउ छन् ।
अहिले तिर्थ वहदाुर जीसीलाई आर्थीक अभावकै कारण राम्रो सगँ उपचार गराउन सक्दीन की भन्ने चिन्तामा छन् । परिवारको आर्थीक अवस्था कमजोर भएका कारण सहयोग गरेर जिवन बचाइदिन अनुरोध गरेका छन् । उनको उपचारमा सहयोग गर्न चाहान भएका व्यतmीहरुले मुतिनाथ विकास बैंकमा रहेको उनको खाता नं ०२०२०१०१३२४७५२००००० सयोग गर्न परिवारले अपलि गरेको छ ।