प्रधानाध्यापक संघ नेपाल (पान)को राष्ट्रिय अधिवेशन जेठ २३ र २४ गते पोखरामा हुने

पोखरा, १० जेठ । प्रधानाध्यापक संघ नेपाल (पान) नेपालको दोस्रो वृहत सम्मेलन पोखरामा जेठ २३ र २४ गते हुने भएको छ । प्रिन्सिपल एशोशियसन अफ नेपाल (पान) नेपालभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको साझा संगठन हो ।


पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा प्रत्येक वर्ष फरक फरक प्रदेशमा आयोजना गरिने राष्ट्रिय सम्मेलन यसपटक पोखरामा आयोजना हुन लागेको केन्द्रीय अध्यक्ष सुदमप्रसाद गौतमले जानकारी दिए । उनले यो संस्थामा देशभरका ३० हजार भन्दा बढि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई एकवतावद्ध गरी शैक्षिक उत्कृष्टता, नेतृत्व विकास र सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो संस्था गठन गरिएको गौतमको भनाई थियो ।

 

प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको एक गैरराजनीतिक र गैरनाफामूलक संस्था हो । प्रधानाध्यापकहरुको पेसागत क्षमता अभिवृद्धि गर्ने, शिक्षा क्षेत्रमा नीतिगत वकालत गर्ने र विद्यार्थीहरुको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्ने लक्ष्य यस संस्थाले राखेको छ ।

 

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको पेसागत, शैक्षिक, प्राज्ञिक विकासका लागि पानले सबै खाले विद्यालयहरुको कार्यसम्पादन र प्रधानाध्यापकहरुको कुशल नेतृत्व सीप विकासका लागि नेतृत्वदायी भूमिका खेल्दैं आईरहेको छ ।

 

विद्यालय प्रशासन, व्यवस्थापन, नीति सुझाव, तालिम तथा विभिन्न शैक्षिक गतिविधिहरुको समन्वय गर्दै शिक्षा क्षेत्रको विकासका लागि एसोसिएनले निरन्तर पहल गरिरहेको छ । यसले प्रधानाध्यापकहरुको पेसागत क्षमता अभिवृद्धि गर्ने, शिक्षा क्षेत्रमा नीतिगत परिवर्तनको वकालत गर्ने र विद्यार्थीहरुको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

 

पोखरामा हुने राष्ट्रिय सम्मेलनमा एकहजार प्रधानाध्यापक, शिक्षाविद्, पालिका प्रमुखहरु, विदेशी प्रतिनिधिहरु लगायतका नीति निर्माताहरुको सहभागिता रहने पानका केन्द्रीय अध्यक्ष गौतमले जानकारी दिए ।

 

प्यानले प्यान अवार्ड २०८२ मा प्रत्येक प्रदेशबाट एक एक आधारभूत र माध्यमक तहका उत्कृष्ट विद्यालय, प्रत्येक प्रदेशबाट एक एकजना आधारभूत र माध्यमिक तहका प्रधानाध्यापक, प्रत्येक प्रदेशबाट एक एक उत्कृष्ट नगरपालिका वा गाउँपालिका, मुलुकभरबाट एक उत्कृष्ट महानगरपालिका वा उपमहानगरपालिकालाई अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको छ ।

 

साथै प्यान अवार्डमा प्रत्येक प्रदेशबाट एक वाहलवाला दीर्घसेवी प्रधानाध्यापकलाई सम्मानित गर्ने गत वर्षको अभ्यासलाई दोहो¥याउने तयारी गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मान पाउन योग्य भनि छनौंट भईसकेका प्रतिस्पर्धीहरुलाई शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला लगायतको नेतृत्वले निष्पक्ष, स्वतन्त्र र मापदण्डमा आधारित रहेर छनौंट गरिएको केन्द्रीय अध्यक्ष गौतमले बताए ।

 

छनौंट समितिले देशभरिका विद्यालय, पालिका तथा प्रधानाध्यापकहरुबाट अफलाइन आवेदन, प्राप्त सिफारिस तथा समितिले संकलन गरेका विवरणहरुलाई आधार बनाई २५ वटा मापदण्डमा आधारित रहेर निर्णय गरेको हो ।

 

प्यान सञ्चालित कार्यक्रमहरुले प्रधानाध्यापकहरुलाई आत्मविश्वासी बनाउने, नेतृत्वमा नविन दृष्टिकोण ल्याउने र सामुदायिक विद्यालयहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेको पानका केन्द्रीय अध्यक्ष गौतमको भनाई थियो ।

 

पनले विभिन्न जिल्लाका प्रधानाध्यापकहरुलाई एकतावद्ध गरी शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने कार्य गरेको छ । यसले संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य गरी विद्यालयहरुको क्षमता विकास गर्ने कार्यक्रमहरु सञ्चालन गरेको छ ।

 

पानका प्रतिनिधिहरु अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको शिक्षा क्षेत्रको प्रतिनिधित्व गर्दै आएका छन् । पानले भविष्यमा विद्यालयहरु बिचको असमानता कम गर्ने, शिक्षक र प्रधानाध्यापकहरुको क्षमता विकास गर्ने र शिक्षा क्षेत्रमा नविनतम प्रविधि समावेश गर्ने लक्ष्य राखेको छ । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक उत्कृष्टतालाई बढवा दिने योजना बनाएको छ ।

 

प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)ले नेपालको शिक्षा क्षेत्रमा प्रधानाध्यापकहरुको भूमिका महत्वपूर्ण बनाउने, शैक्षिक गुणस्तर सुधार्ने र विद्यार्थीहरुको भविष्य उज्ज्वल बनाउने दिशामा ठुलो योगदान दिइरहेको छ । यसले गैराराजनीतिक र गैरनाफामूलक संस्थाको रुपमा काम गर्दै शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन प्रतिवद्ध रहेको गण्डकी प्रदेशका अध्यक्ष वामदेव पौड्यालले बताए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...