पोखरा, असार ५ गते । पोखराको सृजना माविका विद्यार्थीलाई न्यायिक समितिका बारेमा प्रशिक्षण दिइएको छ । प्रेस क्लब गण्डकीको आयोजना र पोखरा महानगरपालिका न्यायिक समितिको सहयोगमा विद्यार्थीसंग न्यायिक समिति कार्यक्रम अन्र्तगत विद्यार्थीलाई न्यायिक प्रशिक्षण तथा अन्र्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

सृजना माविका प्राचार्य डोलराज पाण्डेले न्यायका क्षेत्रमा सिक्ने अवसर पाउनु महत्वपूर्ण अवसर भएको बताउनुभयो । कम खर्च, छिटो र झन्झटिलो रुपमा न्याय पाउने उदेश्यले न्यायिक समिति गठन गरिएको बताउदै भन्नुभयो,“न्याय जान्दिन भनेर छुट नपाइने भएकाले कानुन बुझनुपर्छ । यो अवसर प्रदान गरेकोमा प्रेस क्लब र न्यायिक समिति प्रति हामी आभार ब्यक्त गर्दछौ ।”
कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिको गठन प्रक्रिया, अधिकार क्षेत्र र न्यायिक समितिका अभिलेख संरक्षक पवन सुवेदीले मेलमिलापकर्ता सूचीकृतको प्रक्रिया, आचारण र योग्यताबारे सहजीकरण गर्नुभएको थियो । प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजराम पौडेल र सचिव गौरव त्रिपाठी लगायतले बोल्नुभएको थियो ।