१ करोड ३० लाख बराबरको सुन र हिराका गरगहना सहित २ जना पक्राउ

पोखरा, असार ७ गते । पोखराबाट सुन तथा हिराका गरहना सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न स्थानहरुमा अवैध रुपमा विक्री वितरणको लागि सुन ल्याएको भन्ने गोप्य सूचनाका आधारमा चेक जाँच गर्दा दुई जनालाई पक्राउ गरेको शनिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । अबैध रुपमा सुन ल्याएको भन्ने सुना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं २२ पुम्दीभुम्दीबाट बुटबल तर्फ जादै गरेको माईक्रोबसमा चेक जाँच गर्दा २ जनालाई सुनको गरगहना सहित पक्राउ गरिएको गरेको दावी गरेको छ । पक्राउ व्यक्तिहरु दुबै जनालाई उक्त सामान सहित आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको कास्ककिा प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा न्यु प्रताप नगर,जि टि रोड अमृतसर १ पंजाव, भारत बस्ने ४९ वर्षको कुलदिप सिंह, रुपन्देही तिलोत्तमा नपा १६ पुर्वबहिया बस्ने वर्ष ४७ को राम बहादुर बि.क रहेका छन् । उनीहरुबाट बरामद गएिका सामानहरुमा सुनको ढिक्का सानो ठुलो – २ तोला २३ लाल, सिक्री– २९ थान(तौल १० तोला ३१ लाल), दानावाला माला ( १ थान )तौल २ तोला ९४ लाल), पथ्थर जडित र हिरा जडित औंठी – ५७ थान ( तौल गर्दा १० तोला ५४ लाल),कानमा लगाउने जुली– ३२४ थान (१६२ जोर) ( तौल गर्दा २७ तोला ६३ लाल) मंगलसुत्र – १७ थान ( तौल गर्दा ५ तोला), लकेट(९९ थान (तौल गर्दा १३ तोला १२ लाल), कालो र रातो माला सहितका पोते– १९ थान (तौल गर्दा ९ तोला ३९ लाल),झुम्का स(साना टुक्राहरु ( १ तोला) रहेका छन् । सबै गर्दा ८२ तोला १६ लाल (९५७.९८ ग्राम पथ्‍थर सहित) रहेको प्रहरीले जनाएको छ ।

 


पथ्थर बाहेकको २२ र २४ र १८ क्यारेटको सुनको मुल्य शुक्रबारको बजार मुल्यको आधारमा एक करोड तीस लाख एकचालिस हजार आठ रुपैँया मुल्यबराबरको रहेको नेपाल सुन चाँदी रत्न तथा आभुषण ब्यबसायी संघ, कास्कीले जनाएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रहरी कार्यालय, कास्की
मिति २०८२।०३।०७ गते ।
विषय स् प्रेस विज्ञप्ति

प्रारम्भिक अनुसन्धानबाट खुलेका कुराहरु स्(
ड्ड निज कुलदिप सिंह ३ बर्ष पहिले देखी नै राम बहादुर बि। क। सँग फेसबुक मार्फत साथी रहेको ।
ड्ड दुबै जना सुनको गरगहना सम्बन्धी काम गर्ने ।
ड्ड निज कुलदिप पछिल्लो समयमा भारतको जुपि, गोरखपुर, बिहार, उडिसा दिल्ली, हरियाणा लगायतको स्थानमा सुनका गरगहना बेच्दै हिड्ने गरेकोमा नेपालमा पनि बेच्ने योजना बनाएको।
ड्ड निजले उक्त गरगहना अमृतसरमा रहेको अमरजित साहुको सुन पसलबाट लिने गरेको ।
ड्ड निज कुलदिप सिंह राम बहादुर वि।क।लाई लिएर गत ४ गते बुधबार नै पोखरा आई सुन बिक्री गर्न खोजेको ।
ड्ड राम बहादुर बि।क। सुन बिक्री भए बापत केही रकम लिने शर्तमा बुटबलबाट पोखरा साथीको रुपमा आएको ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...