पाेखरा,भदौ ३ गते ।महिलाहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा पाेखराकाे लामाचाैरमा तिज महाेत्सव आयाेजना हुने भएकाे छ । २७ आै संस्करणकाे तीज महाेत्सव भदौ ८ देखि १० गतेसम्म श्री इन्द्रराज्य लक्ष्मी मा.विमा हुनेछ ।
महाेत्सवमा अन्तर समूह तीज गीत प्रतियाेगिता, लामाचाैर कप खुल्ला पुरुष तथा अन्तर मावि छात्रा भलिबल प्रतियाेगिता संचालन गरिने नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष दिनेश भण्डारीले जानकारी दिनुभयाे ।
रारा लामाचौर कप’ खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथमले ३ लाख १ सय ११, द्वितीयले १ लाख ५० पचास हजार १ र सर्वोत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट विधामा आकर्षक पुरस्कार प्रदान गरिने भण्डारीले जानकारी दिनुभयाे । पोखरा एक्सपर्ट एजुकेशन लामाचौर कप अन्तर मा.वि भलिबल प्रतियोगितामा प्रथमले १ लाख १ सय एघार, द्वितीयले ५० पचास हजार १ सय ११ र सर्वोकृष्ट खेलाडीलाई ५ हजार तथा उत्कृष्ट बिधामा आर्कषक पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै तीज गीत प्रतियोगितामा प्रथमले ५० हजार १ सय ११, द्वितीयले ३० हजार १ सय ११, तृतीयले २० हजार १ सय ११ र सान्त्वना पुरस्कार १० हजार १ सय ११ प्राप्त गर्ने छन् । सहभागि टिमहरुलाई प्रोत्साहन स्वरुप नगद २ हजार प्रदान गरिने छ ।
अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता अन्तरर्गत प्रथम पुरस्कार नगदी ४० हजार १ सय ११. द्वितीय पुरस्कार नगदी २५ हजार १ सय ११, तृतीय पुरस्कार अगदी १५ हजार १ सय ११, सान्त्वना तीन टिमलाई ५ हजार १ सय ११ र उत्कृष्ट भेषभुषालाई ५ हजार १ सय ११ द्वारा पुरस्कृत गरिने बतनाइएकाे छ ।
महोत्सवको औपचारिक समुद्घाटन तथा लामाचौर कप भलिबल प्रतियोगिताको उद्घाटन भदाै ८ गते हुने सुचना सञ्चार तथा प्रसार प्रचार उपसमिति नव आदर्श सामुदायिक विकास समाजका संयाेजक विष्णुप्रसाद गाैतमले जानकारी दिनुभयाे ।शिक्षा, साहित्य, खेलकुद्ध युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान पुऱ्याउन्न हुने श्रष्ठाहरुको वार्षिक रुपमा गरिने सम्मान तथा छात्रवृत्रर्ति यस बर्षमा पनि निरन्तरता रहने गाैतमले बताउनुभयाे ।
महोत्सवलाई सम्पन्न गर्न ४५ लाख रुपैया खर्च हुने अनुमान गरिएको र । महोत्सवबाट खर्च घटाई बाँकी रकम आकस्मिक सेवा तथा तीज महोत्सव सञ्चालन कोष बृद्धिका लागि थप गर्ने लक्ष्य लिएकाे छ।