पहिराेका कारण ३६ घण्टादेखि सडक अबरुद्ध,यात्रुलाई सास्ती

पाेखरा,असाेज ।मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत
तुईन खोला पुल नजिक गएकाे पहिरोका कारण ३६ घण्टादेखि सडक अबरुद्ध भएकाे छ ।


पहिरो झर्ने क्रम अझैै नरोकिएकाले शुक्रबार साँझदेखि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आउन सकेकाे छैन । पहिरो हटाउन सकस भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका अनुसार शुक्रबार साँझ करिब ६:३० बजेबाट निरन्तर पहिरो खसिरहेको छ । पहिरो खस्न नरोकिएपछि शनिबार साँझपछि रोकिएको पहिरो हटाउने कार्य आइतबार बिहानबाट सुरु भएको छ । तीन दिनसम्म सडक नखुल्दा यात्रुले सास्ती खेप्नु परेकाे छ । तिनदिनदेखि यात्रुले सडकमा रात विताउन बाध्य भएका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...