पोखरा ३१ पचभैयाका रमेश विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा

पोखरा । पोखरा–३१ पचभैया, किमबेसीका रमेश प्रसाद अधिकारी विश्वका सर्वोत्कृष्ट वैज्ञानिकहरूको सूचीमा परेका छन् । सन २०२५ मा विश्वका सबैभन्दा बढी प्रभाव पार्ने शीर्ष वैज्ञानिकहरूको सूचीमा पर्ने ३१ जना नेपाली वैज्ञानिकमध्ये अधिकारी पनि परेका हुन् ।

एल्सेभियरसँगको सहकार्यमा अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीले तयार पारेको वार्षिक ‘ग्लोबल र्‍याङ्किङ’मा ३१ जना नेपाली वैज्ञानिकहरू समावेश भएका छन् । स्ट्यानफोर्ड युनिभर्सिटीले हरेक वर्ष यस्तो सूची तयार गर्छ । अध्ययन अनुसन्धानका आधारमा उनीहरूले प्रकाशन गरेका पुस्तक र ‘साइटेशन’ का आधारमा यो तयार गरिन्छ । अधिकारी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ता हुन् ।

 

१५ वर्षभन्दा बढी समयदेखि जनसंख्या अध्ययन, पोषण, जनस्वास्थ्य र मानसिक स्वास्थ्यका क्षेत्रमा निरन्तर अनुसन्धान गर्दै आएका रमेश प्रसाद अधिकारी हालै विश्वका प्रतिष्ठित वैज्ञानिकहरूको सूचीमा परेका छन्। उनीले राष्ट्रिय स्तरका विभिन्न ठूला सर्वेक्षणहरूको—गहिरो विश्लेषणमार्फत वैज्ञानिक प्रमाण उत्पादनमा महत्वपूर्ण योगदान गरेका छन्। अधिकारीका वैज्ञानिक लेख प्रकाशनमा मातृ–शिशु पोषण, किशोरावस्था, मानसिक स्वास्थ्य, लैङ्गिक असमानता, जनसांख्यिकीय प्रवृत्ति र सामाजिक विकाससम्बन्धी अध्ययनहरू समावेश छन्, नेपालका नीतिगत तहमा समेत उपयोगी मानिएका छन्। तिनै प्रभावकारी अनुसन्धान र प्रकाशनका आधारमा उनलाई विश्वस्तरको प्रभावशाली वैज्ञानिकको रूपमा चिनिएको हो।

 

यो सूचीमा त्रिभुवन विश्वविद्यालयबाट मात्र अधिकारी सहित ७ जना परेका छन् । यसरी पर्नेमा अजय भट्टराई, भीष्म कार्की, निरञ्जन पराजुली, रामप्रसाद शर्मा, गोविन्दप्रसाद ढुङ्गाना र हरि छन् ।

 

त्रिवि शिक्षण अस्पतालका रञ्जितकुमार शाह, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सञ्जीवकुमार शर्मा र सुमन रिजाल, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडका अरुणभक्त श्रेष्ठ र फिलिप वेस्टर, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वैज्ञानिक डा निरञ्जन कोइराला, काठमाडौँ इन्स्टिच्युट अफ कम्प्लेक्स फ्लोजका शिवप्रसाद पुडासैनी, नेपाल हेल्थ रिसर्च काउन्सिलका मेघनाथ धिमाल, ग्लोबल सेन्टर फर रिसर्च एण्ड डेभलपमेन्टका छविलाल रानाभाट रहेका छन् ।

 

बायो टेक्नोलोजी सोसाइटी अफ नेपालका विकास बराल, लुम्बिनी मेडिकल कलेजका आलोक आत्रेय, एनएनआरसिका उत्तम पौडेल, सिलिकन स्क्रिप्ट साइन्स प्रालिका पुकार खनाल, ग्लोबल हेल्थ रिसर्च एण्ड मेडिकल इन्टरभेन्सन फर डेभलपमेन्टका सुरज भट्टराई र कलेज अफ मेडिकल साइन्सेज नेपालका विपिन चौरसिया छन् । ट्रान्स कल्चरल साइकोसोसल अर्गनाइजेशन नेपालका मार्क जेडी जोर्डन्स, इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युटका सन्तोष नेपाल, गण्डकी युनिभर्सिटीका राजकुमार थापा छन् ।

 

सिईएमवाइटी पिटर आर हब्स, ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजका सुरेन्द्र केसी, काठमाडौँ विश्वविद्यालयका सुदनकुमार झाको नाम पनि समावेश छ । ग्रेड एकेडेमी प्रालिका रन्दिप रकुवाल, काठमाडौँ क्यान्सर सेन्टरका सुनिलकुमार श्रेष्ठ, ग्रेट एकेडेमी प्रालिका गणेशकुमार अग्रवालकाे नाम पनि सूचीमा छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...