
पोखरा । डाइनामिक पब्लिक लाइब्रेरी (डिपीएल) गण्डकीको छैठौं निर्वाचन तथा स्थापना कार्यक्रम तथा डिपीएल पोखरा र डिपीएल पोखरा टिन्सको पाँचौं निर्वाचन तथा स्थापना कार्यक्रम एकसाथ सम्पन्न भएको छ ।
सोमबार पोखरामा भएको कार्यक्रमबाट २०२६ कार्यकालका लागि डिपीएल गण्डकीको अध्यक्षमा बिजेन्द्र चौधरी, डिपीएल पोखराको अध्यक्षमा रोशनी केसी र डिपीएल पोखरा टिन्सको अध्यक्षमा जेनिशा पौडेल चयन भएका छन् । यस्तै २०२५ कार्यकालमा डिपीएल गण्डकीको अध्यक्ष पूर्णमन लालचन, डिपीएल पोखराको अध्यक्ष मनिका गिरी तथा डिपीएल पोखरा टिन्सको अध्यक्ष सनिश गिरी रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मरासानी रहनु भएको थियो । उहाँले डिपीएलले समुदायमा पठन संस्कृतिको विकास, युवाहरूको नेतृत्व क्षमता अभिवृद्धि तथा सिर्जनशील सोचको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । साथै उहाँले आगामी दिनमा पनि डिपीएलले समाजका लागि सकारात्मक योगदान दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा डीपीएल नेपालका निर्देशक दिपक न्यौपाने, डीपीएल बोर्ड सदस्य बसन्त गिरी, कार्यक्रम संयोजक मनिष गिरी लगायत डिपीएलका सदस्य, विद्यार्थी, अभिभावक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।