पोखरा, कास्की — नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की जिल्ला कमिटीले आज वरिष्ठ नेता कमरेड कृष्ण थापाको अकस्मात निधनमा गहिरो दुःख व्यक्त गरेको छ।

नेकपा (एमाले) केन्द्रीय सदस्य, पोखरा पूर्व मेयर तथा गण्डकी प्रदेश सभाका पूर्व माननीय सभासद कृष्ण थापा आज मिति २०८२ फाल्गुण २८ गते कास्की जिल्ला कार्यालयमा आयोजित निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकमा सहभागी भई बैठक समापन पश्चात अचानक कुर्चीमा अचेत भएपछि तत्काल मणिपाल शिक्षण अस्पताल पुर्याइएकोमा आज दिउँसो ३:३७ बजे हृदयाघातका कारण उपचारका क्रममा निधन भएको हो।
नेकपा एमाले कास्कीले कमरेड थापाको निधनबाट पार्टी अत्यन्तै मर्माहत भएको बताउँदै, उनको कम्युनिष्ट आन्दोलनमा योगदान र समर्पणलाई श्रद्धाञ्जली अर्पण गरेको छ। थापाका परिवारमा श्रीमती डिकी छिरिङ्ग थापा, छोरा प्रतिक थापा, भाई मोहन थापा र बहिनी देवी तिमिल्सेना थापा रहेका छन्।
पार्टीले शोकाकुल परिवार तथा सिङ्गो कास्की पार्टी पंक्तिलाई धैर्य धारण गर्न अनुरोध गर्दै, अन्त्यस्टीको सम्मानसहितको कार्यसूची परिवारको सल्लाह अनुसार जानकारी गराइने एमाले कास्की अध्यक्ष बैन बहादुर अधिकारी क्षेत्री बताए ।
अध्यक्ष, नेकपा एमाले जिल्ला कमिटी, कास्की