पोखरा, माघ १९गते । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की जिल्लाका पार्टी नेता देवेन्द्र किशोर बास्तोला अस्वस्थ भई अस्पतालभर्ना हुनु भएको छ । नेता बास्तोला विगत ४ दिनदेखि फुलबारी स्थित मणिपाल शिक्षण अस्पतालको मेडिकल वार्डमा उपचार गराई रहनुभएको छ ।
अस्पतालका अनुसार उहाँलाई निमोनिया देखिएको छ । उपचारमा संलग्न डाक्टरका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन अस्पतालमा राखेर उपचार गराउनु पर्ने बताउनुभयो । यसै बिच मिडिया नेपाल गण्डकी प्रदेश अध्यक्ष सूर्य बास्तोलाले सोमवार एक प्रेश विज्ञप्ति जारी गर्दै नेता बास्तोलाको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।