कर्मचारीलाई काेराेना पुष्टि भएपछि पाेखरा महानगरकाे सेवा बन्द

पोखरा, असोज २९ गते ।पाेखरा महानगरपालिकाका एक कर्मचारीमा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । महानगरका सवारी चालकमा काेराेना पुष्टि भएकाे हाे ।

केही दिन अघि रुघाखोकी र ज्वरो अाएपछि उनीले स्वाब दिएका थिए । ती कर्मचारीकाे अाज बिहान पाेजेटिभ रिपोर्ट अाएपछि महानगरले सबै सेवा बन्द गर्ने निर्णय गरेकाे हाे ।

 

पाेखरा महानगरका प्रमुख मानबहादुुर जिसीलेे बिज्ञप्ति जारि गदै अत्यावश्यक बाहेकका सेवा बन्द गरेकाे जनाएका छन । पाेखरा महानगरका केही कर्मचारी कन्टयाकटेसिङमा पर्ने भएकाले सेवा बन्द गरीएकाे जनाईएकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...