कास्की प्रहरीले २१ थान मोबाइल फिर्ता ग¥यो

पोखरा, कात्तिक २ गते । जिल्ला प्रहरी कार्यालय कास्कीले हराएका तथा चोरीएका मोबाइल सम्वन्धित ब्यक्तिलाई बुझाएको छ । बिभिन्न समयमा हराएका तथा चोरी भएका मोबाइलहरु खोजतलासको लागि कार्यालयमा प्राप्त निवेदन आधारमा फेला परेका मोवाइल फिर्ता गरेको हो ।

खोजतलास गर्ने क्रममा असोज महिनामा फेला परेका विभिन्न कम्पनीका २१ थान मोवाईल फेला पारी मोबाइल धनी निवेदकहरुलाई हस्तान्तरण गरेको छ । फेला परेका मोबाइलहरु प्रत्येक महिनाको १ गते र १५ गते हस्तान्तरण गर्ने गरिएको कास्की प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...