सहरी स्वास्थ्य केन्द्र पोखरा १७ लाई स्वास्थ्य सामग्री सहयोग

पोखरा, असोज १८ गते ।एशियन मानव अधिकार फोरमले सहरी स्वास्थ केन्द्र पोखरा १७ लाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

फोरमले चार थान पीपीई सेट,५० पीस केएन ९५ मास्र्क, ५० पीस ग्लोबर्स, एक थान थर्मल गन, चार थान फेस भाइजर, दश लिटर सेनिटाइजर र दुई थान कुर्चि सहयोग गरेको महानगर कार्यपालिका सदस्य राधिका शाही योगीले जानकारी दिनुभयो ।

पोखरामा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथाममा खटिने स्वास्थ्यकमीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्यकर्मीहरु फ्रन्टलाईनमा बसेर कोरोना संक्रमितको उपचारमा खटि रहनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...