लेखनाथ जेसिजको बर्ष २०२१ का लागि नयाँ नेतृत्व

लेखनाथ,मंसिर ७ गते ।लेखनाथ जेसिजको २३ औं बार्षिक साधारण सभा तथा २२ औं साखा अधिवेशनले वर्ष २०२१ का लागि नवराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

बर्तमान कार्यसमितिमा महासचिवका रुपमा का गर्दै आएका पौडेल सर्वसम्वत रुपमा अध्यक्ष पदमा चयन भएका हुन भने अन्य निर्वाचित पदमा पनि सहमतिका आधारमा सर्वसम्वत भएको निर्वाचन आयुत्त शालिकग्राम ओझाले जानकारी दिएका छन् ।

 

नवगठित समितिको कार्यकारीणी उपाध्यक्षमा प्रकाश राईभाट र कृष्ण तिवारी रहेका छन् भने उपाध्यक्षमा सञ्जीब न्यौपाने,मौशम बराल,सर्विन्द्र न्यौपाने र रेगन जि सी र साखा सम्पादकमा संगित पौडेल रहेका छन् ।

 

त्यसैगरि मनोनित पद तर्फ महासचिवमा चन्द्र प्रकाश (सि पी ) ढुगाना, सह सचिवमा मनोज बराल,कोषाध्यक्षमा प्रदिप आचार्य,तालिम आयुत्त उत्तम श्रेष्ठ, बृद्धि सभापतिमा सुजन न्यौपाने,सुक्रवारसिय प्रवचनमालामा मनोज चापागाई,प्रकरण निर्देशकमा नारायण आचार्य, सचिवालय ब्यवस्थापनमा शिवराज अधिकारीलाई चयन गरिएको छ भने जुनियर जेसिज संयोजकमा सविना बसौला,जेसिज गाउँ संयोजकमा जीवन तिवारी,वातावरण संयोजकमा बिनोद पौडेल,स्वास्थ्य संयोजकमा नवराज तिवारी र संघ सस्था संयोजकमा प्रवलमणि भण्डारी रहेका छन् ।

 

यसैगरि अध्यक्ष सल्लाहकार मण्डलमा अर्जुन ओझा,सञ्जिव ढुगाना,शालिकग्राम ओझा,रोशन अधिकारी,बद्रिनाथ पौडेल र बुद्धिप्रसाद वास्तोलालाई चयन गरिएको हो भने कानुनी सल्लाहकारमा नम्रता वास्तोला रहेकी छन् ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल जेसिजका केन्द्रिय अध्यक्ष असोक संकरले जेसिज एउटा अभियान हो जसले युवाहरुलाई नेतृत्व लिन सिकाउदै राष्ट्र निर्माणको अभियानमा सार्थक सहभागीता जनाउदै आएको बताएका थिए ।

लेखनाथ जेसिजका अध्यक्ष चिरञ्जीवी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष मञ्जु शाहा,सस्थापकहरुको तर्फबाट सुरेन्द्रराज अधिकारी,पुर्व अध्यक्षहरुको तर्फबाट विनोद प्रसाद लामिछाने,मातृ शाखाको तर्फबाट पोखरा जेसिजका अध्यक्ष शिव सापकोटा र लेखनाथ जुनियर जेसिजका अध्ययक्ष सुजन तिमिल्सेना लगाएतले जेसिज सिक्ने र सिकाउने थलो भएको धारणा राखेका थिए ।

लेखनाथ जेसिजका निर्वतमान अध्यक्ष रोशन अधिकारीले स्वागत मन्तब्य राखको कार्यक्रमको संचालन महासचिव नवराज पौडेलले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...