हिमालय माविमा लायन्स गोल्डेन सोसाइटीद्धारा न्यानो कपडा वितरण

पोखरा, मंसिर २० गते ।लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाइटीको आयोजनामा पोखरा २० मौजामा रहेको हिमालय मा विमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण सहित वाल स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरभित्र रहेर पनि ग्रामिण भेगमा पर्ने मौजामा रहेको हिमालय माविमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी न्यानो कपडा सहित वाल स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले मौजाको हिमालय मा वि पोखरा महानगरपालिका भित्र रहेको ग्रामीण भेग भएको र त्यहां अध्ययनरत विद्यार्थीहरुलाई लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाइटीले न्यानो कपडा वितरण संगै वालवालिकाहरुको स्वास्थ्यमा समेत चासो देखाउदै शिविरको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ब्यक्त गरे । लायन्स क्लवले जहा जे आवश्यक रहेको छ त्यस क्षेत्रमा काम गर्दै आइरहेको सन्दर्भमा आफ्नो ठाउमा आएर विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि आफ्नो वडा संग सहकार्य गरी अगाडी वढ्न आग्रह समेत गरे ।

 

सो अवसरमा वोल्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुम बहादुर गुरुङले आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोको मौसममा न्यानो कपडा वितरण गरि विद्यार्थीहरुको स्वास्थ्यलाई मध्येनजर गरी स्वास्थ्य शिविर सञ्चालन गरेकोमा धन्यवाद ब्यक्त गरे । त्यस्तै लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाइटीका जिएलटी कोअर्डिनेटर लायन किशोर बरालले लायन्स क्लवले दुर दराजमा रहेका वस्तीहरुमा आखा शिविर, बृहत स्वास्थ्य शिविर जस्ता सामाजिक काम गर्दै आइरहेको र हाल पोखरा नजिकै रहेको ग्रामीण भेगमा अवस्थित विद्यार्थीहरुलाई लक्षित गरी स्वास्थ्य शिविर र न्यानो कपडा वितरण गरिएको वताए ।

 

शनिवार आयोजित कार्यक्रममा हिमालय मा वि मौजाको आधारभुत तह कक्षा पांच सम्म अध्ययनरत २६ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण संगै, स्वास्थ्य जांच र सचेतनाका लागी हात धुने र ब्रस गर्ने बानी पार्नका लागी समेत सचेतनामुलक कार्यक्रम गरिएको लायन्स क्लव अफ पोखरा गोल्डेन सोसाइटीकी सभापति सविता आचार्यले जानकारी दिइन । उक्त कार्यक्रममा जोन चियर पर्सन निर्मला आचार्यले स्वागत मन्तब्य राखेकी थिइनभने भलाम स्वास्थ्य चौकीका स्वास्थ्य सहायक विष्णुराज घिमिरेले विद्यार्थीहरुको स्वास्थ्य जांच गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...