पोखरा, माघ १५ गते । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले सामुदायिक तथा घर पालुवा कुकुरमा निशुल्क बन्ध्याकरण तथा रेविज रोग विरुद्ध खोप कार्यक्रम सम्पन्न गरेको छ ।
केन्द्रको आयोजनामा सोमबार र मंगलबार दुई दिनसम्म चलेको शिविरमा २९ वटा पोथी र ७ वटा भाले कुकुरको बन्ध्याकरण गरिएको कार्यक्रम संयोजक डा. सपना लक्ष्मी घिमिरेले वताउनु भएको छ ।
पोखरा १२ माटेपानी स्थित कार्यालय परिसरमा भएको शिविरमा पशु चिकित्सकहरु डा. सपनालक्ष्मी घिमिरे, डा. रिषभ गुरागाँई, डा. भरत रेग्मी, डा. मनोज विश्वकर्मा, डा. प्रेमलाल महतो, डा. शर्मिला कुमाल र प्राविधिकहरु माधव प्रसाद आचार्य, राज भारती र चिजा गुरुङ रहनु भएको कार्यालय प्रमुख डा. शोभा शर्माले वताउनु भएको छ ।