जन्मदिनको अवसरमा विभिन्न संघसंस्थाहरुलाई सहयोग

पोखरा, माघ २२ गते ।पोखरा महानगरपालिका वडा नं. ७ निवासी समाजसेवी तथा शिक्षाप्रेमी प्रेमनारायण बरालले आफ्नो ८८ औं जन्मदिनको अवसर पारेर बुधबार बिहीवार विभिन्न सामाजिक शैक्षिक तथा मानवीय संघसंस्थाहरुमा सहयोग तथा दान गर्नुभएको छ ।

उहाँले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका उपसभापति डण्डराज शर्मामार्फत नेपाल रेडक्रस सोसाइटी पोखरा ७ उपशाखाको पहिलो विपशिष्ट सदस्यता ग्रहण वापत रु.२५ हजार ८८ रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । विशुद्ध मानवीय संस्थाको विशिष्ट सदस्यता ग्रहण गर्न पाउँदा खुसी व्यक्त गर्दै उहाँले सामाजिक र मानवीय सेवामा निरन्तर लागिरहने र आफ्ना सन्ततीहरुलाई पनि प्रेरित गराइरहने बताउनुभयो ।

 

कार्यक्रममा समाजसेवी बरालकी धर्मपत्नी लगायत पारिवारिक सदस्यहरु, नेपाल रेडक्रस सोसाइटी पोखरा ७ उपशाखाका पदाधिकारी, सदस्यहरु, समाजसेवी, शुभचिन्तक, उपशाखाका पूर्व सल्लाहकारहरु लगायतको उपस्थितिमा उहाँको स्वास्थ्य, दीर्घायु एवं प्रगतिको कामना सहित सम्मान र शुभकामना व्यक्त गरिएको थियो ।

 

बिहीवारै उहाँले पुण्यदान गर्ने क्रममा आँखादानको संकल्प पनि गर्नुभएको छ । पोखरा मानगरपालिका वडा नं. ८ सिमलचौरमा रहेको जनप्रिय माविलाई ३८ हजार ८ सय ८८, पोखरा ७ मासबारमा रहेको श्रीकृष्ण माविलाई २५ हजार ८८ रुपैयाँको चेक हस्तान्तरण गरी शैक्षिक विकासमा योगदान पुगोस् भन्ने कामना गर्नुभयो ।

 

समाजसेवी बराल दुवै शैक्षिक संस्थाको व्यवस्थापन समितिको पूर्व अध्यक्ष रही कार्य गर्नुभएको थियो । सबै संस्थाका तर्फबाट उहाँको आदर्श र सामाजिक तथा सेवाभावको अनुशरण गरी अगाडि बढ्ने प्रेरित रहेको भन्दै शुभकामना व्यक्त गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...