काठमाडौं, फागुन २१ गते ।नेपला कम्युनिष्ट पार्टी(नेकपा) विप्लव समुहका महासचिव नेत्रविक्रम चन्द(विप्लव आज सार्वजनीक हुदैछन् ।सरकारसग लगातार दुई दिन भएको वार्ता सफल भएपछि विप्लव आज हुने विशेष समारोह मार्फत सार्वजनीक हुन लागेका हुन् । राष्टिय सभागृहमा हुने समारोहमा प्रधानमन्त्री एंंव नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहका अध्यक्ष केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।सरकारसंग तीन बुँदे सहमती गदै विप्लव शान्तिपूर्ण राजनीतिमा आउन लागेका हुन् ।
श्रृंखलावद्ध विस्फोट र टेलिफोन टावरमा आगजनीपछि ‘हिंसात्मक गतिविधि’मा सरकारले दुई वर्षअघि २०७५ फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो ।
संयोग नै मान्नुपर्छ प्रतिबन्ध लगाउने निर्णयताका सरकारको नेतृत्वमा रहेका केपी शर्मा ओली आफैंले दुई वर्षपछि वार्ताको माध्यमबाट विप्लव समूहलाई ‘सेफल्याण्डिङ’ गराएका छन । सँगै प्रतिबन्धपश्चात विप्लवमाथिको सुरक्षा कारबाहीमा प्रमुख सुरक्षा अंगको कमाण्ड सम्हालेका गृहमन्त्री रामबहादुर थापा बादल नै सरकारी वार्ता टोलीको नेतृत्वमा बसे ।
विप्लव समूहले घोषितरूपमा हिंसात्मक युद्ध नगरे पनि भित्रभित्रै दोस्रो ‘जनयुद्ध’ हुन लागेको टिप्पणी भइरहेको थियो । तर, उक्त समूहका गतिविधि र संगठनात्मक संरचना माओवादीको जस्तै थिए । माओवादीले झैं भयानक खालका आक्रमणहरू नगरेको भए पनि हिंसाको बीउ विप्लव माओवादीले रोपिसकेको थियो ।
राजनीतिको मूलधारबाट बहकिएर सशस्त्र संघर्ष गरिरहेको विप्लवलाई मूलधारमा ल्याउन सरकारले रातारात गरेको पहलले पर्याप्त लचकतासहित संवादको टेबलमा बस्ने हो भने कुनै पनि समस्याको समाधान असम्भव छैन भन्ने पुनः एकपटक स्थापित भएको छ ।
नेत्रविक्रम चन्द २०२४ साल फागुन ११ मा रोल्पाको केवरी भन्ने ठाउँमा चित्रबहादुर र खुसीमाया घर्तिका कान्छो सन्तानका रूपमा जन्मिएका हुन । माओवादी जनयुद्धमा भूमिगत नाम ‘विप्लव’राखेका उनी आजसम्म यही नामबाट परिचित छन ।
मध्यमवर्गीय परिवारमा जन्मिएका चन्दका तीन दिदी र दुई दाजु छन् । त्यस्तै, सात भाइ बाजेमध्ये ६ भाइ लाहुरे थिए । सुभद्रा मल्लसँग वैवाहिक सम्बन्धमा गाँसिएका विप्लव दम्पतीका दुई छोरा र एक छोरी छन् ।
रोल्पामै बाल्यकाल बिताएका विप्लवले लिवाङको बालकल्याण माध्यमिक विद्यालयबाट १९ वर्ष हुँदा एसएलसी पास गरेका थिए । २०५२ फागुन १ मा माओवादीले जनयुद्ध शुरू गर्दा उनी विद्यार्थी उपाध्यक्ष थिए । उनले त्यतिखेर बुढाहरूले छिटो युद्ध शुरू नगर्ने भए युवाहरू तयार रहेको भन्दै दबाबसमेत दिन्थे ।