गुप्तेश्वर महादेव गुफाको सम्युक्त साधारण सभा

पोखरा, फागुन २४ गते । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २४ र २५ औं वार्षिक साधारणसभाको शनिबार उद्घाटन गरिएको छ ।

साधारण सभाको कार्यक्रमका प्रमुख अतिथि केदारेश्वर महादेवमणि मन्दिर वैदामका पिठाधिश डा. लेखनाथ आचार्यले उद्घाटन गर्दै गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीय स्थानको रुपमा विश्वमा प्रख्यात भएको र वार्षिक लाखौं आम्दानी शिक्षा र स्वास्थ्यमा लगानी भइ समाज परिवर्तनमा सकरात्मक भूमिका खेलेकोमा खुशी व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा गण्डकी प्रदेश सभाका सदस्य सचिव हरिराज पोखरेल, जनप्रतिनिधि पोखरा १७ की वडा सदस्य शान्ता गुरुङ, गुफाका प्रमेख संरक्षक निरविक्रम पौडेल, पुर्व अध्यक्ष खगराज शर्मा आचार्य, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डोलराज पाण्डे, पोखरा महानगर शिक्षा महाशाखा प्रमुख विष्णु आचार्य, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. टंकराज अधिकारी, स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद वास्तोला, छोरेपाटन माविका विव्यसका अध्यक्ष तथा रेडक्रस पोखरा १७ का सभापति झपिन्द्रराज रेग्मी, नेपाली काँग्रेस पोखरा १७ का सभापति देवराज आचार्य, गुप्तेश्वर महादेव वेद विज्ञान पाठशालाका प्राचार्य विजयराज आचार्य तथा व्यवस्थापन समिति सदस्य नम्रता वराल लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

संस्थाको वार्षिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष ऋषिराम वरालले र संस्थाको प्रतिवेदन सहसचिव महदत्त भट्टराईले प्रस्तुत गरेका थिए । सभाको गणपुरक संख्या नपुगेको कारण सभा वन्द सत्रमा प्रवेश नै नगरी उद्घाटन सत्रमा सिमित भएको थियो ।

समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष गोपाल वरालले र संचालन सहसचिव महदत्त भट्टराईले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...