आफ्नो मोबाइल दर्ता भए/नभएको यसरी थाहा पाउनुस्, अनलाइनबाटै कसरी दिने दर्ता आवेदन ?

पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरुले उपहार र इलेक्ट्रिक सामाग्री नल्याउने कमै होलान । त्यसमा पनि उपहारको पहिलो रोजाइमा पर्छ मोबाइल तथा ल्यापटप । अहिले फोन प्रत्येक मानिसको लागि अपरिहार्य भइसकेको छ ।

तर, विदेशबाट ल्याएर नेपालम चलेका अघिकांश मोबाइल विना दर्ता चलिरहेका छन् । यस्ता मोबाइल फोन हराएमा अथवा चोरी भएमा भेटिदैनन् भने नियामनको दायरामा आएका छैनन् ।

त्यस्तै तपाईंले सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा पनि दर्ता भए नभएको हेर्न जरुरी छ । कतिपय अवस्थामा सस्तो मै मोबाइल पाइयो भनेर खरिद गरि हाल्ने प्रचलन छ ।

तर,उक्त मोबाइल दर्ता नभएको पनि हुन सक्छ अथवा अवैध माध्यमबाट विदेशबाट आयात भएर लुकिछिपी किनवेच भएकोपनि हुन सक्छ ।

यस्तो अवस्थामा स्मार्टफोन दर्ता छ अथवा छैन भनेर हेर्नु पर्छ । नेपाल दूरसञ्चार प्राधिकरणले पनि आगामी जेठ महिनाबाट नेपालमा आयात भएका अवैध मोबाइल र दर्ता विना चलेका मोबाइललाई नियामन गर्न मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्दै छ ।

जसमा मोबाइल आईएमईआई नम्बर अनिवार्य दर्ता भएको हुनुपर्ने छ । अन्यथा विना दर्ता सञ्चालन भइरहेका मोबाइल फोन बन्द हुँने छन् ।

दर्ता भए/नभएको कसरी हेर्ने ?

सबैभन्दापहिला तपाईंले आफ्नो मोबाइल आईएमइआई नम्बर दर्ता छ वा छैन भनेर हुर्नु जरुरी छ । त्यसका लागी आफ्नो मोबाइलको आइएमईआई नम्बर हेर्नुपर्ने हुन्छ ।

उक्त नम्बर हेर्न *#06# डायल गरेर हेर्न सकिन्छ । आईएमईआई नम्बर थाहा पाएपछि मात्रै आफ्नो मोबाइल दर्ता भएनभएको हेर्न सकिन्छ । स्मार्टफोन दर्ता भए/नभएको हेर्न मिल्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणले एक सफ्ट्ववेर विकास गरेको छ । जसका लागी यस लिङ्कमा क्लिक गर्नुपर्छ ।

क्लिक गरेपनि नो योर डिभाइस भित्र जानुपर्छ र त्यसमा आईएमईआई नम्बर राखेपछि रजिस्ट्रार भएको अथवा नभएको हेर्न सकिन्छ ।
यदि त्यहाँ तपाईको मोबाइल दर्ता नभएको देखायो भने नयाँ अनलाइन फारम भरेर आफ्नो मोबाइल दर्ता गर्न सकिन्छ । त्यसका लागी यो लिंकमा  जानुस् ।

त्यहाँ गएर आफ्नो मोबाइल मोडल, नाम , नम्बर, ब्रान्ड, आइएमइआइ नम्बर लगाएतका विवरण भरेर सवमिट गनुर्छ । यसको अलवा नेपाल दूरसञ्चार प्राधिकरणमै गएर आफ्नो मोबाइल दर्ता गर्न सकिन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...