गण्डकी, साउन ८ गते । मणिपाल शिक्षण अस्पतालमा ह्वीलचियरको आवश्यकता महसुस गर्दै पोखराका दुई सर्वसाधारण परिवारले ह्वीलचियर सहयोग गरेका छन् ।विगतमा आप्mनो अस्पताल बसाईको अनुभवका आधारमा पोखरा महानगरपालिका वडा नं. १७ का उर्मिला खड्क र १५ बस्ने सावित्री खड्काले आप्mनी आमा हिमादेवी खड्काको स्मृतिमा एक थान ह्वीलचियर सहयोग गर्नुभएको हो ।
त्यस्तै पोखरा १५ का सुदिक्षा र नारायणी कुवरले आप्mना बुबा इन्द्र कुवरको स्मृतिमा एक ह्वीलचियर सहयोग गर्नुभयो । दुवै जनाको सोही अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।उहाँहरुले मणिपाल शिक्षण अस्पतालका डिन डा.डिसी अग्रवाललाई ह्वीलचियर सामूहिक रुपमा हस्तान्तरण गर्नुभएको हो ।
अस्पतालका प्रशासन प्रमुख भानु भारद्धाजले मणिपाल अस्पताल पैसाका लागि मात्र नभई सेवाका भावनाले स्थापित भएको बताउँदै यहाँ उत्पादित चिकित्सा क्षेत्रका जनशक्ति विश्वका विभिन्न स्थानमा आफुलाई स्थापित गर्न सकेको धारणा राख्नुभयो ।समारोहमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले कोरोना भाइरसले स्वास्थ्य संस्थाहरुको महत्व एवम् प्रभावकारीताबारे पुष्टी गरेको बताउनुभयो ।
सहयोगकर्ता उर्मिला खड्काले अस्पतालको सेवा सुविधा अत्यन्त राम्रो रहेको बताउँदै आफुहरुले गरेको सहयोग अस्पतालका लागि सानो भएपनि आवश्यकताको हिसावले महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । अस्पतालका डारेक्टर डा. विके तनेजा र डो कृष्ण बाहागेङकर, अस्पतालका विभिन्न क्षेत्रका प्रमुखहरुको सहभागिता रहेको सो कार्यक्रम अस्पतालका लेखा अधिकृत राजेन्द्र पौडेलले सञ्चालन गर्नुभएको थियो ।