रोटरी क्बल लेकसाइडको छैटौं पदस्थापना

पोखरा, २३ साउन ।रोटरी क्लब अफ पोखरा लेकसाइडको छैटौं पदस्थापनबाट वर्ष २०२१÷२२ अध्यक्ष हुमबहादुर आलेले पदभार ग्रहण गरेका छ ।रोटरी इन्टरनेशनलका असिस्टेन्ट गभर्नर सन्तोष पोखरेलले उनलाई आगामी सन् २०२१÷२२ का शुक्रबार आयोजित समारोहमा पदभार ग्रहण गराएका हुन् । यस्तै आइपिपि अर्जुनप्रसाद खनालले चार्टर सर्टिफिकेट तथा पिन प्रदान गर्दै सफलताको कामना गरे ।प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले कार्यक्रम उद्घाटन गर्दै रोटरीको सामाजिक कार्यको प्रशंसा गरे । उनले प्रदेशको विकास र समुन्नतिको लागि रोटरियनको साथ र सहयोग आवश्यक हुने बताए ।


असिस्टेन्ट गभर्नर पोखरेलले नेपालका रोटरीमध्ये रोटरी लेकसाइडको कार्यको उच्च मूल्यांकन गरिएको भन्दै अझ सफलताको कामना गरे ।आइपिपि अर्जुनप्रसाद खनालले कोरोना महामारीको विषम परिस्थितिबीच आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे । १ वर्षे कार्यकालमा भएका गतिविधि प्रस्तुत गर्दै उनले सहयोगीलाई मायाको चिनो प्रदान गरे भने उत्कृष्ट सदस्यको रुपमा कृष्णबहादुर थापालाई सम्मान गरे ।गभर्नरका स्पेसल प्रतिनिधि विनोद कोइरालाले आफू क्लबको स्थापनादेखि नै विभिन्न सर्भिस प्रोजेक्टमा नजिक रहेको उल्लेख गर्दै क्लबले विषम परिस्थितिमा पनि गरेका कार्यको उच्च प्रशंसा गरे ।

प्रमुख अतिथिको परिचय क्लब डाइरेक्टर कृष्णबहादुर थापाले दिएका थिए । क्लबले निर्माण गर्न लागेको किड्नी केयर सेन्टर निर्माण समिति संयोजकसमेत रहेका थापाले सोको लागि आवश्यक गर्न सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार मन्त्रीको ध्यानाकर्षण गराए । पाोखरा ७ मा बन्न लागेको किड्नी केयर सेन्टरमा हालसम्म कार्यालय र ल्याब गरी ४५ लाख रुपैयाँ खर्च भइसकेको उनले बताए ।

यस्तै, वर्ष २०२१÷२२ का अध्यक्ष हुमबहादुर आलेको परिचय क्लब मेन्टर राजेन्द्र लिगलले गराएका थिए ।अध्यक्ष आलेले आफ्नो कार्यकालका लागि क्लब अफ एक्सन प्रस्तुत गर्दै बोर्ड अफ डाइरेक्टरलाई पिन प्रदान गरेका थिए ।सो अवसरमा क्लबले प्रकाशन गरेको स्मारिका ‘द फेवा’ विमोचन गरिएको थियो । स्मारिकामा क्लबको गतिविधि, पठनीय लेखरचना तथा सदस्य र तिनका परिवारका सदस्यको विस्तृत परिचय समेटिएको क्लब एडिटर सुभाष मल्लले बताए ।

कार्यक्रममा स्वागत पास्ट प्रेसिडेन्ट घराना थकाली, सञ्चालन सचिव राजन कुमाल र धन्यवाद ज्ञापन ऋषिराम सापकोटाले गरेका थिए । क्लबमा हाल ४८ सदस्य रहेको सर्जेन्ट एट आर्मस् विश्वदर्शन पराजुलीले बताए ।कार्यक्रममा क्लब सदस्यसमेत रहेका गण्डकी प्रदेशका न्यायाधिवक्ता रोहितराज बास्तोला, क्लब पदाधिकारी, सदस्य, विभिन्न क्लबका प्रतिनिधि लगायतको सहभागिता थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...