पोखरा, साउन २६ गते । पोखरा–५ माछापुच्छे« मार्ग डेरा गरी बस्ने रोल्पा जिल्ला थवाङ गा.पा. स्थायी निवासी सम्झना रोकालाई सहयोग गर्ने क्रम बढेको छ ।
पोखरा महानगरपालिका वडा नं. ५ वडा कार्यालयको सम्पर्कमा सहयोगको अपेक्षा गर्दै आएकी सम्झना रोकाको सुत्केरी भएकोे १४ दिनको दिनमा जण्डिसका कारणले पतिको दुःखद निधन भएपछि पति वियोगसँगै आपतमा परेकी थिइन् । मजदुरी पेशा डेराको बसाई ८ वर्षको नावालक छोरा र भर्खरै अर्को छोरा जन्माएकी आलो सुत्केरी अवस्था, सम्झनाको जीवनमा आइपरेको विपत्ती कहाली लाग्दो छ ।
वडा नं. ५ कार्यालयबाट ५ हजार बराबरको खाद्यान्नसँगै एकल महिला संस्था जुना केसीको पहलमा नगद रु. २ हजार १ सय र खाद्यान्न सहयोग भएको छ । पोखरा ६ का भरतराज अधिकारीबाट १५ हजार, पोखरा ९ का कमल नेपालीबाट ५ हजार २०, विष्णुचन्द्र कोइराला पोखरा ५ बाट ६ हजार १, रामराज शाही पोखरा ५ बाट ३ हजार १, स्वामी योगानन्दबाट ३ हजार, शिवराम भण्डारीबाट ५ हजार र डा. तारा कोइराला पोखरा ६ बाट १० हजार सहयोग भएको छ ।पोखरा म.न.पा.वडा नं. ५ बाट सहयोगका लागि समन्वय भएकोमा आफू पिडामा भएपछि सबै सहयोगताप्रति धन्यवाद व्यक्त गरेकी छन् सम्झनाले ।