शुक्लागण्डकी महिला उद्योमीलाई लेखनाथमा स्वागत

लेखनाथ, साउन २९ गते ।विभिन्न जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरुको अध्यन अवलोकनका लागि निस्कीएको शुक्लागण्डकी उद्योग बाणिज्य संधका महिला उद्योमी विकास समितिको भम्रण टोलीलाई विहिवार लेखनाथमा स्वागत गरिएको छ ।विभिन्न संघहरुको गतिविधीका बारेमा जानकारी लिने उदेस्यले निस्कीएको भ्रमण टोलीलाई लेखनाथ उद्योग बाणिज्य संघले स्वागत तथा छलफलको कार्यक्रम राखेर एक आपसमा अनुभव साटासाट गरिएको हो ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले महिलाहरुको हातमा आर्थीक अधिकार नहुदाँ महिलाहरु पछि परेको प्रशंग उठाउदै महिलाहरु आर्थीक रुपमा सक्षम हुनका लागि ब्यवसायी बन्नु पर्नेमा जोड दिनु भएको थियो ।सोही अवसरमा शुक्लागण्डकी उद्योग बाणिज्य संघका महिला उद्योमी विकास समितिका अध्यक्ष तथा भ्रमण टोलीका संयोजक तुलसी कुमारी श्रेष्ठले दुई संघका विच सहकार्य गर्दै आगाडी वढ्ने र एक आपसका अनुभव साटासाट गरि कसरी महिलाहरुलाई ब्यवासयीक बनाउन सकिन्छ भन्ने बारेमा भ्रमण केन्द्रित भएको धारणा राख्नु भएको थियो ।

 

कार्यक्रममा शुक्लागण्डकी उद्योग बाणिज्य संघका महिला उद्योमी विकास समितिकी उपाध्यक्ष सुजिता हिराचनले समाज परिवर्तन र महिलाहरुको जिवन स्तर उकास्नका लागि महिलाहरुले सिप सिकेर ब्यवसायीक बन्नु पर्ने सुझाव राख्नु भएको थियो भने लेखनाथ उद्योग बाणिज्य संधकी कोषाध्यक्ष जानुका अधिकारीले दुई संघका विच भातृत्व र भाईचाराको सम्वन्ध रहेको र आगामी दिनमा यसलाई अझ बढि प्रभावकारी बनाउनका लागि कार्यगत एकताको खाचो रहेको आवस्यकता औल्याउनु भएको थियो ।

 

लेखनाथ उद्योग बाणिज्य संघ महिला उद्यमी परिचालन उप समितिकी संयोजक मेनुका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सघकी कार्यसमितिकी सदस्य ईन्दिरा रोक्काले गर्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...