पोखरा, असोज १९ गते । पोखरामा भोलिदेखि १८ वर्षमाथिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ । पोखरा महानगरले असोज २० गतेदेखि १६ देखि ३३ नम्वर वडाका १८ वर्षमाथिका नागरिकलाई पहिलो डोज भोरोसेल खोप लगाइने भएको छ ।
पोखरा महानगर स्वास्थ्य महाशाखाले मंगलबार सार्वजनीक सुचना जारी गदै १८ वर्षमाथिका नागरिकलाई पहिलो मात्रा भेरोसेल खोप लगाइने जनाएको छ । महानगरले खोप केन्द्र सहितको कार्यतालिका सार्वजनीक गरेको छ । पहिलो चरणमा १६ देखि ३३ र दोश्रो चरणमा १ देखि १५ नम्वर वडामा १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ । पहिलो चरणमा कास्कीलाई १ लाख ४० जार डोज खोप प्राप्त भएको छ ।