पोखरा । विवेकशील साझा पार्टीका वडा अध्यक्ष सहित विभिन्न पार्टीका २५ जना कार्यकर्ता राष्ट्रिय नागरिक पार्टीमा प्रवेश गरेका छन् ।विवेकशील साझा पार्टी पोखरा २१ का अध्यक्ष छबिलाल सुनारलाई राष्ट्रिय नागरिक पार्टीका सहमहामन्त्री सागर कार्की, केन्द्रिय सदस्यहरु कृष्ण रानाभाट र लक्ष्मण सुनारले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय सहमहामन्त्री सागर कार्कीले काँग्रेस, कम्युनिष्टले देशलाई वर्वादीतर्फ लगेको, जनता सिटामल नपाएर मर्नु परेको अवस्थामा कुनै सुधार नआएको कारण देशमा नयाँ पार्टीको आवश्यकता रहेको वताएका थिए ।
विषेश अतिथि केन्द्रिय सदस्य तथा प्रेस सल्लाहकार कृष्ण रानाभाटले वैकल्पिक राजनितिक शक्तिको रुपमा आएको राष्ट्रिय नागरिक पार्टीले शिक्षा र स्वास्थ्य निशुल्क तथा एक घर एक रोजगारको निति लिएको वताए ।
नागरिक पार्टीमा प्रवेश गरेका सुनारले जुन पार्टीमा पनि नेताहरु आफ्नो स्वार्थ पुरा गरेपछि गाउँ र जनताको वास्ता नगर्ने गरेकाले नयाँ पार्टीमा प्रवेश गरेर जनताको सेवा गर्ने वताए ।
कार्यक्रम केन्द्रिय सदस्यहरु कृष्ण रानाभाट र लक्ष्मण सुनार, एकहाते रामदी टोलबिकास संस्थाका पुर्व अध्यक्ष हिमलाल पौडेल, मिर्मिरे बचत तथा ऋण सहकारीकी अध्यक्ष अनिता परियार, कृष्ण थापामगरले बोलेका थिए ।