जनयुद्ध दिबस र यसका उपलब्धि

फागुन १ : जनयुद्ध दिबस र यसका उपलब्धि बि.स. २०५२ साल माघ २१ गते तल्कालिन राज्य पक्षसग सयुक्त जनमोर्चा नेपालको तर्फबाट नेकपा माओवादीले ४० बुदे घोषणा सरकारलाई बुझायो। प्रधानमन्त्री सेरबहादुर देउवा मार्फत उक्त मागमा संविधान सभाको चुनाब, जनजिबिका लगायत मुद्दा उठाईएको थियो।

माग पूरा नभएपछी माओवादीले सशस्त्र युद्धको घोषणा गर्यो। करिब एक दशक चलेको त्यस युद्धमा १७ हजार नेपाली नागरिकले आफ्नो बलिदान गरे। व्यापक जनधनको क्षति बेहोर्नु पर्यो। देशमा सशस्त्र युद्धकै कारण गाउँहरु खाली हुन थाले, युबाहरु बिदेश भासिए त बसाइँसराइ पहाड र गाउँबाट तराई र शहर केन्द्रित हुन पुग्यो। नेपाली समाजमा ब्याप्त भ्रष्टाचार, जनतालाई शोषण, अत्याचार र सामन्ती ब्यबस्थाबाट जनता पनि मुक्त हुन चाहन्थे। गरिबी, अभाव, शोषणबाट मुक्तिका निम्ति हजारौं युबा युबतिहरु युद्धमा होमिए।

जनतामा परिवर्तनको जागरण चलेको थियो। असमानता अन्याय, सामाजिक कुप्रथा, अन्धबिश्वास, ब्यभिचार जस्ता समाजमा जरो गाडेर यस्ता कुरितीको प्रत्येक गाउँ गाउँ टोल टोलमा माओवादी कार्यकर्ताले जनतालाई जागरुक बनाउने काम गरेका थिए। निरंकुश राज्य सत्ताले जनताको जनजिबिका प्रती बेवास्ता गरेको आरोप तत्कालीन बिद्रोहिको थियो र राज सस्था नै बिकास र प्रगतिको मुख्य बाधक भएकै कारण राजसस्थाको अन्त्य गर्नुपर्ने माग माओवादीको रहेको थियो। समाजका दलाल, पुजिपती, शोषक, सामन्तीहरु राज्यको नजिक भएर जनतालाई शोषण गरिरहेका थिए। जनतामा आफ्नो अधिकारको चेतना थिएन।सधै मालिकको निम्ति श्रम गर्नु अबस्था थियो।

महिला, दलित र बिपन्न नागरिकहरुको अबस्था अझै दयनिय थियो। महिलालाई बोक्सिको आरोपमा दण्ड गरिन्थ्यो। आफ्नो अधिकारको ज्ञान थिएन। यस्ता विभिन्न समस्याको उजागर गर्ने कामको जस तत्कालीन बिद्रोही पक्षलाई जाने गर्दछ। जब २०६२ सालमा भारतमा भएको १२ बुदे समझौताको जगमा नेपालमा तत्कालीन ७ दल र बिद्रोहि नेकपा माओवादी मिलेर सयुक्त जनआन्दोलन मार्फत देशमा लोकतन्त्रको आगमन भयो। २०६२/६३ को १९ दिने जनआन्दोलन मार्फत बैशाख ११ गते लोकतन्त्रको स्थापना भयो। २०६४ सालको पहिलो संविधान सभा निर्वाचन मार्फत बिद्रोही दल नेकपा माओवादी सम्सदको सबैभन्दा ठुलो दल बन्यो। शान्ती सम्झौता मार्फत लडाकुको ब्यबस्थापन भयो र माओवादी ससदिय अभ्यासमा सामेत हुन पुग्यो। परिवर्तन भएर हजारौं नागरिकले बलिदानबाट देशमा शासन ब्यबस्था परिवर्तन भएपनी जनताले परिवर्तनको अनुभुति गर्न पाएका छैनन् ।

जनताहरुमा निराशा छाएको छ। नेताहरुमा बिलासिपन देखा परेको छ। यसले पक्कै पनि सहिदका सपना अधुरा हुनेछ्न। देशको आर्थिक प्रगती समुन्नत नेपाल बनाउन सकेमा मात्रै शहिदप्रती र योग्दा प्रती उच्च सम्मान हुनेछ। जनयुद्ध दिबशको सम्पुर्णमा सुभकामना!!!!

लेखक: TN Devkota त्रिभुवन बिश्वबिद्धालयमा मानबिकी तथा सामाजिक शास्त्र संकायको स्नातकोत्तर तहमा अध्ययनरत बिद्यार्थी हुुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...