खगराज आचार्य /“यो लेख पढ्दा माले सम्म आउँदा अनगिन्ती समूहहरू,मोहन बिक्रम सिंहको नेकपा मसाल फुटेर बनेको तीन धार ,नेमकीपा फुटेर बनेको तीन धारहरुलाई ध्यान दिएर पढ्नु पर्छ”
००६ साउन ७ मा नेपाल कम्युनिस्ट पार्टी गठन भए पश्चात २०१०( महासचिव मनमोहन ),२०१४( महासचिव केशरजंग ) २०१९ को महाधिबेसन सम्म पार्टीको नौलो जनबादी कार्यक्रम थियो महासचिव तुलसीलाल ।
त्यसपछि २०२१ देखि पार्टीे टुक्रा पर्न थाल्यो।तुल्सीलालको किताब “कुन बाटो” र पुष्पलालको किताब” मूलबाटो ” लेखे। मोहन बिक्रम सिंह ले आफ्ना फरक फरक ४ नाम क्रमस @ आनंद बहादुर ,@मोहन बिक्रम सिंह @ मोहिन घर्ती र @ छाप्पाली का नाम बाट पुष्पलालको बिरोध गर्न ४ किताब सार्वजनिक विरोध गरे ।
पुष्पलालले २०२६ सालमा भारतको दर्वंगाहमा पार्टीको सम्मेलन बोलाए । मोहन विक्रमले सम्मेलनमै हमला गरे।मोहन विक्रमले संशोधनबादी भनियो।मनमोहन ले मेची ग्रुप बनाए ।रोहितले नेपाल मजदुर किसान पार्टी बनाएर कोसी प्रान्तीय कमिटी गठन गरे ।
पुष्पलाल मूल धारमा नै बसे ।तुल्सीलाल ले नेकपा समूह बनाए । ०२८ मा झापा विद्रोह भयो ०३२ मा cordination केन्द्र बनाएर अमृत बोहोरा महासचिव भए ।पछि त्यहि कोर्डिनेसन केन्द्रमा रातो झण्डा मिसियो। लुम्बिनीको मुक्तिमोर्चा २०३२ मा पुष्पलालसँग विद्रोह गर्यो। मुक्तिमोर्चा छुट्टै भएपछि पुष्पलालको मुक्ति मोर्चा खारेज भयो। पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीकै महासचिव नै भए। फेरि धौलागिरी ,गण्डकी, नारायणी छुट्टा छुट्टै समुह बनाए । फेरि कोर्डिनेसन कमिटीमा मुक्तिमोर्चा मिल्यो ।केही समय पछि सबै कोर्डिनेसन कमिटीमा सामेल हुन आए ।२०३५ सालमा राष्ट्रिय सम्मेलन भयो पार्टीको नाम माले राखियो।सीपी महासचिव बने। त्यतिखेर सीपीले पार्टी स्वतन्त्रताको एजेण्डा पास गराएका थिए। सीपीलाई २०३८ सालमा कारबाही भयो। २०३९ सालमा मालेको तेस्रो अधिवेशन भयो झलनाथ खनाल महासचिव भए। उनले राजनीतिक स्वतन्त्रताको एजेण्डा पारित गराए।
२०४६ सालमा मालेको चौथो महाधिवेशन भयो महासचिव मदन भण्डारी हुनुभयो। पुष्पलाल श्रेष्ठको २०३५ सालमा मृत्युपछि साना प्रधान नेपाल कम्युनिष्ट पार्टीको महासचिव हुनु भएको थियो। २०४२ सालमा मनमोहन अधिकारीको जनवादी समूह र साहना प्रधानको ग्रुप मिल्यो यी दुइटा समूह मिलेपछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी राखे। त्यति बेला सम्म पहिला पहिला टुक्रिएका समूहहरू मालेको मूलधारमै जाने भनेर सामेल हुन लागिराखेको थिए। २०४७ सालमा मार्क्सवादीहरूले सम्मेलन गरेर मालेसँगै एकता गर्ने निर्णय गरे। उक्त सम्मेलनमा जीवराज आश्रित र मदन भण्डारीलाई पनि बोलाएका थिए।
त्यहाँ छलफल भयो। अनि २०४८ को चुनाव त मिलेरै लडे । मार्क्सवादी पार्टी दुईटै मिले२०४९ मा पाँचौं महाधिवेशन भयो । सीपी मैनालीको पार्टी स्वतन्त्रता र झलनाथ खनालको राजनीतिक स्वतन्त्रतालाई मिसाएर जनताको बहुदलीय जनवादको कार्यक्रम पास गर्नुभयो। मनमोहन पार्टीे अध्यक्ष र मदन भण्डारी महासचिव भए । त्यसपछि बामदेबले पार्टीे फुटाए ।फेरि एकता गरे ।फेरि माओबादी केन्द्र र एमाले एकता भयो र नेकपा बन्यो। । केही समय पश्चात फेरि पार्टीे फुटेर माओबादी केन्द्र र एमाले पार्टी भए। अर्को तर्फ मोहन बिक्रम २०२८ सालमा जेलबाट निस्केर आफ्ना ४ फरक फरक नाम बनाएर किताब लेखेर पुष्पलालको विरोध गरेर गद्दार पुष्पलाल भनेर नेकपा मसाल पार्टीे बनाए। ०३२ मा चौथो महाधिबेसनको तयारी गर्न लागे। महासचिव मोहन विक्रम भए । ०३६ मा जनमत संग्रह हुँदा मोहन विक्रम महासचिव भएको पार्टीे मा दुई धार देखियो।
निर्मलामा भोट हाल्ने र मोहनविक्रम सिंहहरू बहिष्कार गर्ने तर्फ लागे अनि नेकपा चौ भनेर निर्मल लामा पार्टी गठन गरे।, नेकपा पातलो मसालको मूलधार को नेतृत्व मोहनविक्रमले गरे ।अनि नेकपा मोटो “शा”मसालको पार्टी नेतृत्व मोहन वैद्यले गरे। यसरी कम्युनिस्ट पार्टी मशाल पनि तीन पार्टीमा विधिवत रुपमा टुक्रा पर्यो। मोहन वैद्यले छोडेपछि प्रचण्डलाई २०४२ सालमा पार्टी जिम्मा लगाए। बिस्तारै पार्टीको नाम नेकपा माओबादी राखे। ०५१ देखि भूमिगत भयो। यता नेपाल मजदुर किसान पार्टी फुटेर रोहित मूलधारमै भए। रुपलाल विश्वकर्मा र हरिराम शर्मा पनि फुटेर छुट्टाछुट्टै दुईटा समूह बनाए ।यो नेपाल किसान मजदुर किसान पार्टी पनि तीन वटा समूहमा फुट्यो।
पार्टीे निर्माणमा यस्तो आरोह र अवरोह व्यहोरेका नेताहरु हाल भूराजनीतिको भुमरीमा परेर चिन्ताको विषय बनेको छ।