पोखरा, चैत २० गते । पुतलीबजार ६ टक्सार स्याडजा जन्मस्थान तथा पुरख्यौली घर हुने नेपालभर छरिएर रहेका सुवेदी बन्धुहरुले, संस्थाको स्थापना दिवस को अवसर पारेर तेस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न गरे ।
कार्यक्रमका बिच सुवेदीबन्धुहरुको भेलाले तुलसी राम सुवेदीको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा रामु सुवेदी, द्धितीय उपाध्यक्ष रामचन्द्र सुवेदी, ,महासचिवमा भिम प्रसाद सुवेदी, सचिवमा ताराप्रसाद सुवेदी , कोषाध्यक्षमा मुत्ति नाथ सुवेदी ,सहकोषाध्यक्षमा तारा सुवेदी र सदस्यहरुमा चोलाकान्त सुवेदी, शुशिला सुवेदी, बिष्णुमाया सुवेदी, कमला सुवेदी र जगत प्रसाद सुवेदी सर्वसम्मत चयन भएका छन । बांकी ३ सदस्य पछि कार्यसमितिले चयन गर्ने गरि कार्यसमितिलाई जिम्मेवारी दिईएको छ ।
गजेन्द्र प्रसाद सुवेदी , छविराज सुवेदी र बिष्णु प्रसाद सुवेदी रहेको तिन सदस्यीय निर्वाचन समितिले नया कार्यसमिति चयन गरि पद तथा गोपनियताको सफथग्रहण गराएको थियो ।संस्थाका अध्यक्ष लिलाधर सुवेदीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष रामु सुवेदीले गरेका थिए । संस्थाका महासचिव तुलसी राम सुवेदीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रम संयोजक तथा उपाध्यक्ष भिम सुवेदीले कार्यक्रममा उपस्थित सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा महासचिवको प्रगती प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत सहित अनुमोदन गरिएको थियो ।