शसक्त नमुना महिला समुहद्धारा विभिन्न व्यक्तिहरु सम्मानित

पोखरा, जेठ २१ गते ।पोखरा ७ मासबारमा रहेको शसक्त नमुना महिला समुह ११ औ वर्षमा प्रबेश गरेको छ । बार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्याक्रम शुभकामना दिदै नेपाल सरकार स्वाथ्य परियोजनाका योजना विज्ञ छबि गौडेलले समुहले उत्कृष्ट काम गर्दै आएको बताए ।

उनले महिलाहरु एक जुटभएर काम अगाडी बढाएमा जस्तो सुकै कामलाई सहज रुपमा सम्पन्न गर्न सकिने बताए । उनले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताए । शसक्त नमुना महिला समुहले नवनिर्वाचित पोखरा ७ का वडा सदस्यहरु सम्मान गरेको थियो । गौडेलले उनीहरुलाई सम्मान गर्दै वडा महिला समुह सगँ मिलेर घर घरमा स्वास्थ्य सेवा पु¥याउन सकिने बताए ।

 

कार्यक्रममा पोखरा ७ का वडा सदस्य विष्णुमणि बरालले अग्रजहरुले वडा लिएको बाटो आफुहरुले लिने बताउदै वडाको विकासमा लाग्ने बताए । अर्की वडा सदस्य बसुन्धरा लामिछानेले महिला समुहहरुलाई अझ शसक्त बताउन आफुहरु लाग्ने बताइन् ।

 

कार्यक्रममा महिला क्लब पोखरा ७ कि अध्यक्ष मिना आचार्य, महिला विकासका लागि आमा समुह पोखरा ७ कि अध्यक्ष मेनका बराल, मासबार आमा समुहकी अध्यक्ष टिकादेबी अधिकारी, जागरण बहुमुखी सहकारीका अध्यक्ष मोतिराम बराल, मदरल्याण्ड माविका प्राचार्य नारायण बराल लगाएतले शुभकामना दिएका थिए । उनीहरुले महिला समुहहरुले महिला शक्तिकरण र आर्थिक बृद्धिमा उल्लेख्य भुमिका खेलेको बताएका थिए ।

 

कार्यक्रममा शसक्त नमुना महिला समुहकी अध्यक्ष बिन्देश्वरी बराल संस्थाको उद्देश्य, उपाध्यक्ष निर्मला अर्याल बराल ले स्वागत, कोषाध्यक्ष तारा बराल ढकालले आर्थिक विवरण र सचिब लक्ष्मि देवी बरालले कार्यक्रम संचालन गरेका थिए ।

 

कार्यक्रममा समुहमा रहेको सदस्यका परिवारमा रहेका सबै भन्दा बृद्ध रामजी प्रसाद बराललाई दोसल्ला र अविरले सम्मान गरे । त्यसै गरी सबै भन्दा बढि उपस्थित हुने तारा बराल ढकाल र नियमीत किष्ता बुझाउने अस्मिता अधिकारी, राधा बराललाई सम्मानपत्र र अविरले सम्मान गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...