आय आर्जनमा जोडिदै बृक्षारोपण

लेखनाथ,असार३३१ गते ।पोखरा २९ को सैनिक वस्थीका वासिन्दाहरु साझा विहान बनको हेरोलो गरेर आज भन्दा करिव १४ वर्ष पहिला खुरिखण्ड रहेको पाखोलाई अहिले हरियीमा परिणत गर्न सफल भएका छन् ।

 

आफनो वस्ती भन्दा दक्षिण तर्फको भिरालो पाखो पहिरोको उच्च जोखिममा रहेपछि डिभिजन बन कार्यालय कास्कीको प्राविधिक सहयोगमा करिव १२ सय हेक्टरको क्षेत्रफलमा वि स २०६६ सालमा बुद्ध शान्ति समुदायिक बनको रुपमा दर्तागरि बृक्षारोपणको अभियान संचालन गरेपछि अहिलो यो पाखोले रुपै फेरेर हरियालीमा परिणत भएको छ ।

 

बन क्षेत्र भित्र पहिलो चरणमा स्थानिय जातका विरुवाको संरक्षण गर्दै क्रमश आय आर्जनमा सहयोग पुग्ने गरि फलफुल, डाले घाँस,बास तथा अंरिसोका विरुवा रोपेपछि अहिले बन क्षेत्र उपभोत्ताका लागि दरिलो आम्दानीको स्रोत बनेको छ ।

 

यसैक्रममा बन उपभोक्ता समितिले सुक्रवार आफनो बार्षिक कार्यक्रम अन्तरग बनको क्षेत्र भित्र आय आर्जनमा सहयोग पुग्ने खालका विरुवा लगाएको छ । उपभोक्ता समितिको अग्रसरतामा बनको गोडमेल गर्दै खाली रहेको जमिनमा डालेघाँस र फलफुलका विरुवा रोपीएको हो ।

 

बन संरक्षणका लागि हेरालो नै राखेर काम गरेको बुद्ध शान्ती सामुदायिक बन उपभोक्ता समितिले पछिल्लो समय आफनो क्षेत्राधिकार भित्र जिल्ला बन कार्यालय कास्कीको करिव एक लाख ५० हजारको आर्थीक सहयोगमा तारवार लगाउने र सिमा निर्धारण गर्ने काम गरेको छ ।

 

बृक्षारोपण कार्यक्रमको सुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष चेत बहादुर गुरुङले बनजन्य उत्पादनको बृद्धि गर्दै उपभोक्तालाई आय आर्जनमा सरिक बनाउनु पर्ने सुझाव दिदै बन क्षेत्रमा हुने मानविय अतिक्रमणलाई रोक्न स्वय उपभोत्ताहरु नै चनाखो हुनु पर्ने धारणा राखेका थिए ।

 

बुद्ध शान्ती सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष मोतीलाल सुनारले सुरुको अवस्था देखि बर्तमान अवस्थासम्म आईपुग्दाका अब्ठारा र भावी योजनाका बारेमा जानकारी गराएको उक्त कार्यक्रममा डिभिजन बन कार्यालय कास्कीका रामचन्द्र पौडेल,उपभोक्ता समितिका उपाध्यक्ष हवल्दार राम बहादुर गुरुङ,सचिव काशीमायाँ गुरुङ,कोषाध्यक्ष सुवेदार तेज बहादुर गुरुङ,सह सचिव मञ्जु सुनार, वडा नं २९ का वडा सदस्य क्षेत्र बहादुर गुरुङ , महिला सदस्य सुनमाया सुनार,सैनिकवस्थी ग्रुप नं १ का अध्यक्ष सुवेदार चन्द्र बहादुर गुरुङ लगाएतले बन संरक्षणका लागि स्वयम स्थानियवासीहरु नै लाग्नु पर्नेमा जोड दिएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...