पातञ्जल योग समिति नेपालको दीक्षान्त

पोखरा,असार ३२ गते ।पातञ्जल योग समिति नेपालको दीक्षान्त समारोह सम्पन्न भएको छ । शनिबार पोखरामा एक कार्यक्रमका बीच दीक्षान्त समारोह सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले योगबाट नै समाज रुपान्तरणमा महत्वपूर्ण टेवा पुग्ने बताए । उनले छोटो समयमा पातञ्जल योग समितिले समाजमा आफुलाई अब्बल साबित गर्दै लगेको बताए ।
‘योग जीवनको दर्शन हो । योगले व्यक्तिलाई सबल बनाउँछ । समाजमा योगको महत्वलाई बुझाउन सकिए सामाजिक, आर्थिक रुपमा परिवर्तन ल्याउन सकिन्छ ।’, उनले भने ।

 

योग मार्फत स्वस्थ प्रदेश बनाउने हेतुस्वरुप गण्डकी सरकार लागि परेको भनाई उनको थियो । राज्यस्तरबाट नै समाजमा योगको सकरात्मक पक्षलाई प्रवाह गर्ने दायित्व स्वरुप आफु लाग्ने प्रतिबद्धता उनको छ । कार्यक्रममा राजयोगनी ब्रह्माचारी शोभा दिदीले मानव जीवन सृष्टिको श्रृङ्गार भएको र मानव जीवनमा सदगुण फैलाउन योगको महत्व खास रहेको बताइन् । उनले शारिरिक र मानसिक योगले जीवन स्वस्थ रहने बताइन् । आफैले आफुलाई नचिन्दा अहिले समाजमा समस्या धेरै खेप्नुपरेको भनाई उनको छ ।

 

पातञ्जल योग समितिका केन्द्रीय अध्यक्ष बालमुकुन्द सुवालले योगबाट राजनीतिक र सामाजिक रुपमा सकरात्मक परिवर्तन ल्याउन सकिने बताए ।
पातञ्जल योग समिति गण्डकी प्रदेशका सल्लाहकार रविन्द्र माकाजुले योगलाई राज्यस्तरबाट पनि समाज समाजमा प्रवाह गर्नुपर्ने आवश्यकतालाई जोड दिए ।

 

कार्यक्रममा बोल्दै पातञ्जल योग समिति गण्डकी प्रदेशकी अध्यक्ष रश्मी भण्डरीले योगबाट समाजमा सकरात्मक सन्देश प्रवाह गर्न आफुहरु लागिपरेको जानकारी गराइन् । योग क्षेत्रमा अतुलनीय परिवर्तन ल्याउन पातञ्जल योग समितिले आफ्ना काम, कर्तव्य र अधिकारलाई फराकिलो बनाउँदै लगेको उनले बताइन् । समितिले आगामी दिनमा पोखरामा मात्र केन्द्रीत नभई गण्डकी प्रदेशका ११ वटै जिल्लामा योग सेवा दिने भनाई उनको छ ।

 

कार्यक्रममा कास्की जिल्ला समिति र पोखरा महानगर समितिलाई पूर्णता दिएको छ । योगको तालिम लिएकालाई दीक्षान्त गरिएको कार्यक्रममा पायोस नेपाल प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष नवराज काफ्ले, उपाध्यक्ष कमला गुरुङ लगायतले बोलेका थिए । कार्यक्रमको संचालन पायोस गण्डकी प्रदेशका सचिव सपना गुरुङले गरेकी थिइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...