जुत्ता व्यवसायी संघको रक्तदान

पोखरा, फागुन २९ गते ।जुत्ता व्यवसायी संघ कास्की, शुभबाँसबारी छाला जुत्ता उद्योग सृजनाचोक तथा इको लभ रेष्ट्रो मेथलाङको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ५० युनिष्ट रगत संकलन भएको थियो ।

 

कार्यक्रममा प्रमुख अतिथि पोखरा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की तथा विशेष अतिथि रक्त संचार केन्द्र कास्कीका प्राविधिक संयोजक अर्जुन ज्ञवालीले रगतको आवश्यकता, महत्व र यसको दीर्घकालिन फाइदाका विषयमा स्पष्ट पार्दै रक्तदान जीवनदान, जीवनदान महादान भन्ने भनाइलाई प्रष्ट पार्नुभएको थियो ।

 

 

कार्यक्रममा अतिथिहरु फेन्सी तथा रेडिमेड व्यवसायी संघ, भाँडा व्यवसायी संघ, कस्मेटीक व्यवसायी संघ, थोक तथा खुद्रा व्यवसायी संघ तथा सर्वेश्वर व्यवसायी समितिका अध्यक्षहरुले मन्तव्य राख्नुभएको थियो ।

 

 

जुत्ता व्यवसायी संघका संस्थापक अध्यक्ष तथा शुभबाँसबारी छाला जुत्ता उद्योग एवं इको लभ रेष्ट्रो का संचालक पवित्र बहादुर नेपालीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको संचालन महासचिव हेमकृष्ण श्रेष्ठले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...