पहिलो पाईला पोखराको बृद्धआश्रममा तिज मिलन कार्यक्रम

“सधै परिबर्तनको लागि“ भन्ने मुख्य सिद्दान्तमा आधारित रहेर युवा, परिबर्तन र समाजलाई एक्याबद्द गर्दै समाज रुपान्तरणका क्षेत्रमा कार्यरत रहेको सामाजिक संस्था पहिलो पाईला नेपालको पोखरा शाखाले मिति २०८० भाद्र २३ गते शनिबारका दिन पोखरा सीतापाइला स्थित पोखरा बृद्धआश्रममा तिज मिलन साथै आफ्नो संस्थामा नव आगन्तुक सदस्यहरुलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ

चाडपर्व मनाउने शैली र तरिका फरक हुदै गएको र बृद्धआश्रम मा आश्रित असाहाय, अशक्त, फरक रूपमा सक्षम, बृद्ध(बृद्धा हरुकोलागि आफुहरुले चाडवाडको बेला केहि खुशी र समाजमा रुपान्तरण ल्याउने आसयले कार्यक्रमको आयोजना गरिएको साथै कार्यक्रम पश्चात त्यहा आश्रित सम्पूर्ण बृद्ध(बृद्धाहरुको मुहारमा खुशी देख्दा भाबुक भएको कार्यक्रम सह(संयोजक अर्जुन पौडेल ले जानकारी गराएका छन

 

उक्त कार्यक्रम बृद्धआश्रम मा आश्रित ५५ जना वृद्धा लाई खाना खुवाएर उनीहरूसँग नाचगान गरि हर्स उल्लासका साथ सम्पन्न भएको छ, कार्यक्रमको अध्यक्षता सस्थाका पोखरा शाखाका अध्यक्ष बिकाश जंग कुवरले गरेका थिए भने प्रमुख अथिति सोहि बृद्धआश्रम मा आश्रित १०५ बर्षे नन्दलाल दाहाल हुनुहन्थ्यो एवं पहिलो पाईला केन्द्रीय कार्यसमिति तथा पोखरा शाखाका सल्लहाकारहरु अथितिको रुपमा उपस्थित थिए भने कार्यक्रम संयोजन शिवम जयसवाल ले गरेका थिए

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...