पञ्चासेमा पाहुनालाई नयाँ वर्षका अवसरमा होटलमा विशेष छुट

पोखरा । जैविक विविधता र प्राकृतिक सौन्दर्याताले भरिपूर्ण ‘पञ्चासे’ एक पटक घुम्नै पर्ने पर्यटकीय गन्तव्य हो । पोखरादेखि नजिकै रहेको पञ्चासे शान्त हरियाली जङ्गल भित्र हिड्डुल एवं योगाको लागि पनि उत्कृष्ट गन्तव्य हो । यहाँको पर्यटन प्रवद्र्धनका लागि भन्दै होटल व्यवसायीहरुले नयाँ वर्षको उपलक्ष्यमा विशेष छुटको व्यवस्था गरेका छन् । नेपाली नयाँ वर्षका अवसरमा पञ्चासे घुम्न आउने पर्यटकलाई १५ प्रतिसतसम्म छुट दिने पच्चासे होटल व्यावसायी एसोसियसनका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।

त्यस्तै आन्तरिक पर्यटनको विकास गर्नुपर्ने र अहिले विद्यालयको वार्षिक पढाई अन्त्य भएर बिदा भएको बेला आफ्ना बालबालिकाहरुलाई घुमाउने राम्रो समय भएकाले विद्यार्थीका लागि पनि पञ्चासे महत्वपूर्ण गन्तव्य हुन सक्ने पञ्चासे आदर्श क्लबका अध्यक्ष दिनेश गुरुङले जनाए । विद्यार्थीलाई अध्ययनका लागि धेरै कुराहरु भएको र छुट तथा छुट्टीको सदुपयोग पनि हुने गुरुङको भनाई थियो ।

कास्की, स्याङजा र पर्वतको संगमस्थल पञ्चासेमा पहाडी सितलता, पर्यावरणीय सौन्दर्यात्मक परिदृश्य र मनमोहक हिमालहरुको प्रस्ट सुन्दर दृश्यावलोकन गर्न सकिने निल गगन विकास समाजका अध्यक्ष बैकुण्ठ पौडेलले बताए । पर्यटकका लागि उत्कृष्ट गन्तव्य र विद्यार्थीहरुका लागि अवलोकन तथा भ्रमण अहिलेको समयमा उपयुक्त रहेको पौडेलको भनाई थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...