छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चले सरसफाई कार्यक्रम गर्ने

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले पुनः स्थापना गरेको भूपू विद्यार्थी मञ्च हाल निकै सक्रिय रुपमा अगाडि बढिरहेको छ ।मञ्च स्थापना देखि नै सरसफाई, विद्यालयमा अक्षयकोष स्थापना, रक्तदान कार्यक्रममा सहकार्य, नयाँ वर्षको भित्तेपात्रो प्रकाशन, रमाइलो वनभोज गर्दै आएको मञ्चले जेठ ५ गते वृहत सरसफाई कार्यक्रम गर्ने भएको हो ।

मञ्चको बैठकले उपाध्यक्ष हिमलाल उपाध्यायको संयोजकत्वमा उपसमिति वनाएर अगाडि वढेको छ भने उक्त कार्यक्रमको लागि पोखरा महानगरपालिका कार्यलयबाट हौसला स्वरुप माक्स, ग्लोब्स तथा गार्बेज व्याग सहयोग प्रदान गरेको अध्यक्ष कृष्ण रानाभाटले वताए ।

 

पोखरा १७ को डेभिज फल देखि वरको चौतारी सम्म जनचेतना मूलक सन्देश सहित हुने उक्त सरसफाई कार्यक्रममा छोरेपाटन टोलसुधार समिति, डेभिज क्लब, आमा समुह तथा टोलविकास संस्थाहरुको पनि सहयोग रहने कार्यक्रम संयोजक हिमलाल उपाध्यायले वताए ।

 

मञ्चको आगामि जेठ १८ गते शुक्रबार प्रथम साधारण सभा हुने भएकोले सदस्यता वितरण पनि भइ रहेको अवस्थामा धेरै भूपू विद्यार्थी छोरेपाटन क्षेत्रमा वसोवास गर्ने भएकाले घरदैलो गर्दै सरसफाई कार्यक्रमको योजना वनाएको सदस्य गणेश जिसीले वताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...