एम्नेष्टी नेपाल अन्नपूर्ण समूह ५४ को २३ औं वार्षिक साधारण सभा

पोखरा । अन्तराष्ट्रिय मानवअधिकारबादी संस्था एम्नेष्टी इन्टरनेशनल समूह ५४ को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कार्यक्रमको एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पुर्व सँयोजक कोमलनाथ कुवरले उद्घाटन गर्दै मानवअधिकारको वकालत गर्ने गरी एम्नेस्टी इन्टरनेसनलको स्थापना भएको बताउदै एम्नेष्टी अभियानलाइ व्यापक बनाइ मानवअधिकार संरक्षण नयाँ उचाईमा पुराउनु पर्ने बताउनुभयो  ।


एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पुर्व सँयोजक नविनराज बरालले मानव अधिकारका क्षेत्रमा प्रभावकारि भुमिका खेल्ने बिश्वास ब्यक्त गर्नुभयो ।कार्यक्रममा  एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पुर्व सँयोजक अनन्त कोइराला , एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पुर्व सँयोजक भानु पराजुली , एम्नेष्टी इन्टरनेशनल समूह ८२ सयोंजक नरेश बराल लगायतले शुभकामना व्यक्त गर्दै विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको मान जोगाइराख्न आग्रह गरेका थिए ।

कार्यक्रम सँयोजक सुरेन्द्र परियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसंयोजकमा विष्णुहरी पन्थीले र सचिव अधिबक्ता मिना रानाभाटले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...