खाष्टे सहकारीको स्थापना दिवसमा सहयोग

पोखरा , साउन । पोखरा २६ मा रहेको खाष्टे बचत तथा ऋण सहकारी सस्थाले आफनो १४ औं स्थापना दिवसको अवसर पारेर अपाङ्गता मैत्रीका समाजलाई खाद्यान्न,फलफुल तथा तरकारी सहयोग गरेको छ ।

सहकारीका सात शिध्यान्त मध्यको सामाजिक उत्तरदाईत्वलाई आत्मसाथ गर्दै सस्थाले पोखरा २६ को वुढिवजारमा रहेको अपाङ्गता मैत्री समाजमा आवासिय रुपमा वसोवास गर्दै आएका नेत्रहिनहरुका लागि आवस्यक पर्ने खाद्यन्न सहयोग गरेको हो ।

 

खाद्यय सामाग्री हस्तान्त्रण गर्दै सहकारीका अध्यक्ष शिवजी तिवारीले स्थानिय रुपमा छरिएर रहेको रकमलाई संकलन गरि सेयर सदस्यको आय आर्जनमा सहयोग पुग्नेगरि सहकारीले काम गर्दै आएको र त्यहाँबाट नाफा भएको रकमलाई हरेक वर्ष सामाजिक क्षेत्रमा सहयोग पुग्ने गरि सस्थाले काम गर्दै आएको वताएका थिए ।

 

सोही अवसरमा सस्थाका ब्यवस्थापक सुर्य भुजेलले स्थापना दिवसमा सहरकारीले गर्ने हरेक कार्यक्रम समाज प्रति उत्तरदाई भएर अगाडी वढ्नु पर्ने आवस्यकता औल्याउदै अन्य सामाजिक संघ सस्थाहरुले पनि स्थापना दिवसमा गर्ने फजुल खर्चलाई कटौती गरि सामाजिक क्षेत्रमा सहयोग गर्दा त्यसको प्रभाव सकरात्मक पर्ने सुझाव राखेका थिए ।

 

कार्यक्रममा अपाङ्गता मैत्रीका समाजका अध्यक्ष दण्डपाणि ढकालले सेवाको भावले गरिएका जुन सुकै सहयोगको प्रभाव सहरात्मक प्रभाव पर्ने र दानीलाई कहिल्यै पनि हानी नहुनेमा जोड दिएका थिए । साथै उनले यस सस्थामा रहेका २५÷३० जनाले दिनमा वजारमा गएर सामान डुलाएर विक्रि गर्ने र साझा विहान सामुहिक रुपमा खाने वस्ने गर्दै आएको जानकारी गराएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...