अन्नपूर्ण गाउँपालिकाको समृद्धिको मार्गचित्र

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका भन्नेवित्तिकै सम्झिईहाल्ने ठाउँहरु हुन् अन्नपूर्ण बेसक्याम्प, घान्द्रुक, लान्द्रुक, छोम्रोङ, पञ्चासे र अष्ट्रेलियन क्याम्प जस्ता पर्यापर्यटन केन्द्रहरु । यस्तै पर्यटन उपमा बोकेका पर्यटकीय स्थानहरुले पर्यावरणीय सुन्दरतायुक्त पर्यापर्यटन गन्तव्यहरुले सिँगारिएको क्षेत्र हो अन्नपूर्ण गाउँपालिका । उत्तरमा म्यादीको सुन्दर पर्यटकीय गन्तव्य घोरेपानीसँग साईनो गाँसेको अन्नपूर्ण गाउँपालिका पुर्वमा पर्वत र स्याङ्जा सँग र दक्षिण र पश्चिममा पर्यटकीय सुन्दर नगरी पोखरासँग अमिट साईनो गाँसेको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पर्यावरण र प्रकृति संरक्षणको सन्देश संसारभर छाड्न अन्नपूर्ण गाउँपालिका वडा नं ११ मा पर्ने अन्नपूर्ण बेसक्याम्प भ्रमण गरि हिमाल र हिमताल संकटमा रहेको र विश्व ताममान वृद्धिले हिमतालहरु फुट्न सक्ने भनी यहीँ क्षेत्रमा फिल्ड अबलोकन गरि संसारभर संरक्षणमा सन्देश दिएसँगै यो क्षेत्रको पर्यटकीय महत्त्व र चर्चा चुलिएको छ। आखिर यस्ता महत्त्वपूर्ण पर्यटकीय सम्पदा र पर्यापर्यटन सम्भावनाको खानीका रुपमा रहेको प्राकृतिक सम्पदाको खानी एबं प्रकृतिको भूस्वर्ग गन्तव्य अन्नपूर्ण गाउँपालिकाको अन्यत्र भन्दा फरक विकासको मोडल के रहने तँ भन्नेबारे केही वुँदागत र विषयगत विमर्श गरौं ।

पर्यटन र पर्यापर्यटन गहनाको रुपमा मानिने अन्नपूर्ण गाउँपालिकाको पहिलो विकासको आधार र सम्भावना नै पर्यापर्यटन हो। प्रकृतिले बरदानस्वरुप वाटिकाका रुपमा सिँगारेर दिएको सुन्दर प्रकृतिको टुक्रालाई अझ सुन्दर बनाउने कसरी र प्रकृतिमैत्री विकास कसरी अगाडि बढाउने तँ अबको चासो र महत्त्वपूर्ण सबाल यसैमा अडिएको छ।

१. अन्नपूर्ण बेसक्याम्प पर्वतीय सुचना केन्द्र

अन्नपूर्ण गाउँपालिका वडा नं ११ मा पर्ने विश्वकै महत्त्वपूर्ण प्राकृतिक सम्पदा क्षेत्र अन्नपूर्ण हिमाल आधारक्षेत्र संरक्षणमा संसारको पहल जाओस् भन्ने हेतुले र प्राकृतिक विपत्ति सुचनाको समेत माध्यम बनोस् भन्नका निम्ति डिजिटल सुचनामा आधारित अन्नपूर्ण बेसक्याम्प पर्वतीय सुचना केन्द्र बनाउन अत्यन्तै जरुरि छ। जहाँ पर्यटक अभिलेख, पर्वतीय स्थितिको वारेमा पुर्वजानकारी सुचना सामग्रीहरु, पर्वतारोहण सम्वन्धी जानकारी, सो क्षेत्रका महत्त्वपूर्ण चित्र ,अभिलेख र दस्तावेजहरु, मौसम प्रणालीको डिजिटल पुर्वसूचना आदि समावेश गर्नसमेत सकिन्छ। जसले सो क्षेत्रमा पुग्ने विदेशी पर्यटकलाई जानकारी, सुचना र तथ्यगत अनुसन्धानका निम्ति समेत सघाउ पुर्याउने गर्दछ।

२. माछापुच्छ्रे बेसक्याम्पमा पर्वतीय प्रहरी पोष्ट

पदयात्रामा रहने पदयात्री, विदेशी नागरिक, विद्यार्थी लगायत साधारण नागरिकको समेत आधारभूत पर्वतीय सुरक्षा जोखिम र सहायता आवश्यकताको सम्भावनालाई मध्यनजर गर्दै नेपाली सेनाको विशेष तालिम प्राप्त सुरक्षा सम्यन्त्र खडा गर्न आवश्यक छ।

३. अन्नपूर्ण बेसक्याम्प सुचना केन्द्र एबं उद्धान स्थापना

पर्यावरणीय हिसाबले समेत विश्वकै ध्यान खिचेको चर्चित पदमार्ग गन्तव्य अन्नपूर्ण बेसक्याम्प क्षेत्रको सपाट सचित्र मुहार झल्कने गरि छोम्रोङ देखि देउराली सम्मको क्षेत्रमा रहने गरि कम्तीमा ३ वटा अन्नपूर्ण बेसक्याम्प ग्यालरी र वानस्पतिक हरित उद्धानहरु निर्माण गर्नुपर्ने देखिन्छ। अन्नपूर्ण बेसक्याम्प नपुग्दै र पुगिसकेपछि पनि अन्नपूर्ण बेसक्याम्प बारेका सामग्री ,तथ्यचित्र ,विदेशी नागरिकले संकलन गरेका भ्रमण डायरी लगायत धेरै विषय र सामग्रीहरु समेत संकलन गरि र वेसक्याम्प यात्राको डिजिटल नक्सा,सुचना समेत उतार गरि छरितो सुचना प्रणालीको रुपमा यो केन्द्रको सम्यन्त्रलाई अगाडि बढाउन सकिन्छ भने वानस्पातिक उद्धान मार्फत हजारौं पर्यटकको बसाइँ लम्ब्याउन सकिन्छ ।

४. अन्नपूर्ण बेसक्याम्प पदमार्ग विस्तार र स्तरोन्नति

हाल भैंसी हिँड्ने डहर गौडो झै गरि हिँड्नुपर्ने अन्नपूर्ण बेसक्याम्प पदयात्रा लाई सुरक्षित र व्यबस्थित गरि दुईतिरबाट कम्तीमा पनि २००० मानिसले सहज ओहोरदोहर गर्न मिल्ने व्यवस्थित पदमार्गसहित,रेलिङसहित र खोलानालामा व्यवस्थित पुलसहित माछापुच्छ्रे बेसक्याम्प सम्मै पर्याप्त विश्रामस्थलसहित पर्यटन पदमार्ग पुर्वाधारलाई उच्च व्यवस्थित गर्न जरुरि छ।

५. पर्यटकीय स्मार्ट भिलेज योजना

पर्यावरण ,प्रकृति ,पर्यापर्यटन र परम्परागत मान्यतामा समेत आधारित रहेर अन्नपूर्ण गाउँपालिकामा पर्ने घान्द्रुक,लान्द्रुक,छोम्रोङ र उल्लेरीलाई संसारकै नमूना पर्यटकीय हबका रुपमा विकास गर्न पर्याप्त पर्यटन पुर्वाधार ,सुचना प्रविधि पुर्वाधार र पदमार्ग पुर्वाधार र मौलिक परम्परागत मान्यताअनुरुपको विकासका निम्ति गाउँपालिकाले नीतिगत व्यवस्था नै गरेर बार्षिक कार्ययोजना अनुरुप अन्नपूर्ण भिजन योजनाको रुपमा अगाडि बढाउन आवश्यक छ।

६. साँस्कृतिक गाउँ विकास

संस्कृतिले समेत धनी अन्नपूर्ण गाउँपालिकाका केही विशेष गाउँहरु घान्द्रुक, तोल्का,छोम्रोङ र भदौरे तालिब्राङ र ढिकुरपोखरी पाउँदुरमा समेत गरि भाषा,भेषभुषा,संस्कार र संस्कृतिमा समेत आधारित रहीँ साँस्कृतिक संग्राहलय, साँस्कृतिक पार्क र साँस्कृतिक स्मार्ट भिलेजका रुपमा समेत विकास गर्न सकिन्छ ।

७. घान्द्रुक, लान्द्रुक सडक स्तरोन्नति र उपयुक्त पदमार्ग निर्माण

पर्यटकीय केन्द्रहरु घान्द्रुक, लान्द्रुक क्षेत्रमा स्तरीय सडक सञ्जाल सँगसँगै पर्यटकलाई एेच्छिक सुविधा सहितका पर्यटन पदमार्गहरु विकास र स्तरोन्नति आवश्यक छ।

८. अन्तर्राष्ट्रिय योगा केन्द्र स्थापना

प्रसिद्ध पर्यटकीय क्षेत्र घोरेपानी पदयात्रा क्षेत्र उल्लेरी वनठाटी क्षेत्रमा उपयुक्त स्थानमा सो क्षेत्रको प्राकृतिक महत्त्व समेत झल्काउने गरि अन्तर्राष्ट्रिय योगा केन्द्र स्थापना गर्न सकिन्छ। वनठाटी जस्तो शान्त पर्यावरणीय कुञ्ज र वानस्पतिक उद्धान क्षेत्र र पञ्चासे क्षेत्रमा पर्ने थाप्लेको भुमे,हर्पनडाडा क्षेत्रमा समेत योगा,ध्यान,तपस्या केन्द्रहरु स्थापना गरि पर्यटनको बहुआयामिक महत्त्व दर्शाउन सकिन्छ।

१०. उल्लेरि बनठाटी घोरेपानी पदमार्ग स्तरोन्नति
प्रसिद्ध पर्यटकीय क्षेत्रहरु घोरेपानी,पुनहिल,तातोपानी र अन्नपूर्ण सर्किट क्षेत्र भ्रमणमा जाने उल्लेरी,बनठाटी घोरेपानी पदमार्गलाई अति व्यवस्थित,सुरक्षित र पदमार्गको निर्माण स्तरवृद्धि गर्न आवश्यक छ।

११. जैबिक बिबिधता उद्धान स्थापना
प्रकृतिले नै सिँगारिदिएको अन्नपूर्ण गाउँपालिकाको मानवनिर्मित पर्यटकीय गहनाहरु समेत विकास गर्न साथसाथै प्रकृतिमा आधारित बगैंचाहरु निर्माण गरि खाली क्षेत्रलाई समेत थप सुन्दर बनाउन नमूना जैविक बिबिधता पार्क,उद्धान,गार्डेन र नमूना बगैंचाहरु समेत विकास गर्न सकिन्छ।

१२. पञ्चासे पदमार्ग विस्तार

जैविक विविधता ,सुनाखरी लगायत पुष्पजन्य वाटिका क्षेत्र पञ्चासेमा अध्ययन,अबलोकन ,अनुसन्धान र पदयात्रामा समेत आउँने पर्यटकलाई स्तरीय पदयात्रा सुविधा प्रदान गर्न भदौरे देउराली देखि हर्पनडाडा र आहालडाडादेखि पञ्चासे भञ्ज्याङ सम्म नै स्तरीय र प्रकृतिमैत्री पर्यटकीय पदमार्ग विकास गर्न सकिन्छ।

१३. खुला अस्थायी अल्पकालीन आवास व्यवस्थापन

अन्नपूर्ण गाउँपालिकाका महत्त्वपूर्ण पर्यटकीय क्षेत्रहरु टाँडापानी,अन्नपूर्ण बेसक्याम्प क्षेत्र, अष्ट्रेलियन क्याम्प लगायत पञ्चासे क्षेत्रमा पर्यटक आवास समस्या निराकरण गर्न साथसाथै नवीनतम् मान्यतामा आधारित ईको क्याम्प ९अल्पकालीन ०बसाईको निम्ति पनि पालिकाले विशेष व्यवस्थापन गर्नुपर्ने आवश्यक छ।

१४. अन्नपूर्ण फेस्टिभल आयोजना

अन्नपूर्ण गाउँपालिकाले यहाँका पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार ,ब्रान्डिङ र व्यवसायिक प्रवर्द्धन गर्न र स्थानीय उत्पादन ,सीप,कला,भाषा,भेषभुषा र रहनसहनलाई संसारभर परिचित गराउँन,व्यापार विविधिकरण गर्न र गाउँपालिकाको व्यवसायिक चिनारीको लागि वार्षिक रुपमा अन्नपुर्ण फेस्टिभल आयोजना गर्न जरुरि छ।

१५. अन्नपूर्ण लगानी सम्मेलन आयोजना

अन्नपूर्ण गाउँपालिकाको नारा अन्नपूर्ण गाउँपालिकाको सानस्कृषि र पर्यटन भन्ने नारालाई साकार पार्नका निम्ति र संसारकै परिचित पर्यटकीय गन्तव्य क्षेत्रमा ठुला लगानी आकर्षित गराई स्वरोजगारी र उद्धमशीलता प्रवर्द्धन गर्नाका साथै समग्र अन्नपूर्ण गाउँपालिकाको लगानी र समृद्धिका निम्ति समेत अन्नपूर्ण गाउँपालिका लगानी सम्मेलन आयोजना गरि संसारभरका लगानीकर्ता महानुभावहरुलाई विशेषगरी पर्यटन र कृषि क्षेत्रमा लगानीको निम्ति आकर्षित गर्न सक्नुपर्छ।

१६. अन्नपूर्ण कृषि पकेट उत्पादन योजना
अन्नपूर्ण गाउँपालिकाको दोस्रो ठुलो आम्दानी स्रोत कृषि उत्पादन लाई व्यवस्थित गरि लुम्ले ,ढिकुरपोखरी , भदौरे सल्यान र दाङसिङ क्षेत्रमा पकेट उत्पादन योजना कार्यान्वयन गरि तेव्बर वढी उत्पादन प्रतिफल र तेब्बर बढी स्वरोजगारी सुनिश्चित गर्ने दिगो योजना अगाडि बढाउन आवश्यक छ।

१७. अन्नपूर्ण कृषि सुचना प्रसार शाखा (कृषक पाठशाला) स्थापना

अन्नपूर्ण गाउँपालिकाको केन्द्र ढिकुरपोखरीमा डिजिटल प्रविधि र सूचना प्रविधिमा आधारित कृषक यान्त्रीकरण,कृषक अभिमुखीकरण, कृषक कृषि प्राविधिक दोहोरो संवाद ( अडियो रभिडियो) माध्यम गरि साथै सुचना,प्रविधि ,उपकरण,मल र बीउ समेत उपलब्ध गराउने साथै कृषकको साथी र सारथीका रुपमा निशुल्क विषयगत कृषि प्राविधिक समेत उपलब्ध गराउँन सक्नेगरि कृषि सुचना,प्रसार केन्द्र वा कृषक पाठशाला स्थापना गर्न सकिन्छ।

१८. अन्नपूर्ण मिनी जु (खुला चिडियाखाना) स्थापना

अन्नपूर्ण गाउँपालिकाको समृद्धिको र पर्यटन विकासको भुगोल सुहाउँदो दीर्घकालीन योजनाका रुपमा यसलाई कार्यान्वयन गर्न सकिन्छ। पञ्चासे क्षेत्र (५७७५ हेक्टर ), उल्लेरी वनठाटी वनक्षेत्र र छोम्रोङ देखि देउराली (३२०० मि. आसपास) वनक्षेत्रलाई वन अध्ययन ,पर्यावरण संरक्षण र वन्यजन्तुु संरक्षणको दिगो विकासको रणनीति पूरा गर्ने हिसावले वन अध्ययन अनुसन्धानमा आउँने पर्यटक ,विद्यार्थी र अध्येताहरुलाई लक्षित गरि संसारभर पर्यावरण ,प्रकृति र वन्यजन्तु संरक्षणमा नवीनतम् सन्देश दिन ३ वटा खुला चिडियाखाना विकास गर्न अत्यन्तै जरुरि छ।

१९. अन्नपूर्ण जैविक विविधता एबं पर्यावरण अध्ययन केन्द्र स्थापना

अन्नपूर्ण गाउँपालिका क्षेत्रको पर्यावरण ,जैविक विविधता, पर्यावरणीय सुन्दरता, चरा,वन्यजन्तु ,पुष्प वनस्पति लगायत अन्नपूर्ण वेसक्याम्प,लान्द्रुक,घान्द्रुक, पञ्चासे जस्ता पर्यावरणीय कुञ्जका रुपमा रहेका क्षेत्रहरुको समष्टिगत अध्ययन अनुसन्धान गरि दक्ष जनशक्ति तयार गर्न र गाउँपालिकाकै शिक्षित जनशक्तिलाई पर्यावरण पथप्रदर्शकका रुपमा नेचर गाईडको रुपमा अगाडि बढाउन स्थानीय पाठ्यक्रम र स्थानीय पर्यावरण र जैविक विविधता अध्ययनमा आधारित रहीँ अन्नपूर्ण जैविक विविधता एबं पर्यावरण अध्ययन केन्द्र स्थापना गर्न अत्यन्तै जरुरत छ।

२०. ‘पर्यावरणीय भुस्वर्ग अन्नपूर्ण गाउँपालिका’ भन्ने स्मार्ट रडिजिटल सुचना प्रणाली ( एप) को विकास

सुचना,सञ्चार प्रणाली र प्रविधिको उच्चस्तरीय प्रयोग गरि गाउँपालिकाले नै दक्ष जनशक्ति व्यवस्थापन गरि उच्चतम् सुचना प्रविधि प्रणालीमा आधारित रहीँ अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय गन्तव्य ,पर्यावरणीय स्मार्ट भिलेज,होमस्टे गाउँ ,पदमार्ग, जैविक विविधता ,वन्यजन्तु ,वनजङ्गल र समग्र पालिकाको सुचना जानकारी वेभ माध्यममा समेत रहने गरि र विद्यार्थी ले समेत पाठ्यक्रमका रुपमा सोही एपमार्फत अन्नपूर्ण पाठ्यक्रम का रुपमा स्थानीय पाठ्यक्रम मानेर पढ्न पाउने र पर्यटकलाई सुचनाको भरपर्दो माध्यम रहने गरि अत्याधुनिक सुचना प्रविधिसँग सामञ्जस्य गरि अन्नपूर्ण एप डिजिटल सर्भिस अविलम्ब कार्यान्वयन गरि अगाडि बढाउन जरुरत छ।

यसरी विश्वमै पर्यटन केन्द्रका रुपमा विदेशी आगन्तुक पर्यटकहरुको समेत नजर परेका अन्नपूर्ण गाउँपालिकाका समृद्धि सुचकहरु एबं आर्थिक समृद्धिका आधारहरु नै यहाँका पर्यटकीय केन्द्रहरु नै हुन्। अन्नपूर्ण वेसक्याम्प,घान्द्रुक,छोम्रोङ,लान्द्रुक र पञ्चासे जस्ता पर्यटन केन्द्रहरु रहेको अन्नपूर्ण गाउँपालिकाले यथोचित दिगो पर्यटन विकासका योजना वनाएर अगाडि बढ्ने हो भने बर्सेनि २ लाखौ पर्यटक भित्र्याउन सक्ने सम्भावना छ। पर्यटन क्षेत्रमा सुनौलो सम्भावनाका आभाहरु भएको अन्नपूर्ण गाउँपालिकाले आफ्नै मौलिकतामा पर्यटन विकासका दिगो रणनीतिक कार्ययोजना वनाएर कार्यान्वयनको चरणमा लाग्ने हो भने यो पालिकाका कुनै युवा न त विदेशिनु नै पर्छ त न गाउँपालिकाले अन्य सरकारसँग बजेट माग्न नै , वरु गाउँपालिकाले करोडौं राजस्व संघ सरकारलाई पठाउने श्रेय समेत पाउँदछ। अथाह सम्भावना वोकेको नियमित पालिका र चालू एबं पुँजीगत शीर्षकका नियमित योजना पालिकाका ११ वटै वडावाट नियमित कार्यान्वयन गरि पालिकाको मुल टिम पर्यटन क्षेत्रका दिगो र रणनीतिक योजनाको सुरुवात,सञ्चालन र कार्यान्वयन चरणमा आजैदेखि लाग्न जरुरत छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...