पोखरा । पाेखरा १७ मा रहेकाे डेभिज फल्स (पातले छाँगाे) निजी क्षेत्रलाई दिन नहुने भन्दै स्थानीयले विरोध जनाउँदै सार्वजनिक सुनुवाइ बहिष्कार गरेका छन् ।
डेभिज फल्स परिसरमा आयाेजना गरेकाे सार्वजनिक सुनुवाइ स्थानीयले अबरोध गर्दै कुर्सी र व्यानर बाेकेर हिडेपछि आैपचारिक रुपमा सुरु भएन । स्थानीयकाे विराेधका वीच प्रहरीकाे सुरक्षा घेरामा सार्वजनिक सुनुवाइ गर्न खाेज्ला स्थानीयले नाराबाजी गरेका थिए ।
उनिहरुले सार्वजनिक सम्पत्ति भाडा दिन पाइदैन, भ्रष्टाचारी मुर्दाबाद, कमिसन र दलाल मुर्दाबाद लगायतका नारा लगाउदै अवरोध गरेका थिए ।पाेखरा महानगरपालिका प्रबक्ता एंव पाेखरा २५ का वडा अध्यक्ष माेतिलाल तिमिल्सिनाकाे नेतृत्वमा सार्वजनिक सुनुवाइ गर्न पुगेका थिए ।स्थानीयले पाँच वर्षका लागि आएका जनप्रतिनिधिले ४० वर्षका लागि भाडा लगाउनु गलत भएको दावी गरे ।
बर्षिक ५ करोड उठेको ठाउँलाई दुई कराेडमा दिन लागिएको आराेप स्थानीयकाे छ । बर्षिक २ करोडमा ४० बर्षलाई निजि कम्पनीलाई बिना प्रतिस्पर्धा जिम्मा लगाउने यसमा कमिसनको खेल छ स्थानीय देवराज आचार्यले भने । याे जग्गा छाेरेपाटन माविकाे हाे उनले भने हामी निजीकरण हुन दिदैनाै ।
पाेखरा महानगरका प्रवक्ता माेतिलाल तिमिल्सिनाले सार्वजनिक सुनुवाइ स्थानीयकाे समस्या सुन्न आयाेजना गरिएको बताए ।पोखरा महानगरपालिकाले पोखराको प्रसिद्ध पर्यटकीय स्थल पातले छाँगो (डेभिड फल्स) लाई निजी कम्पनीमार्फत सञ्चालन गर्ने तयारी गरेपछि स्थानीय समुदाय र छोरेपाटन माध्यमिक विद्यालय परिवार यसअघि पनि आन्दोलित भएका थिए ।
सन् १९७७ (वि.सं. २०३४) देखि उक्त स्थलको व्यवस्थापनमा रहेका विद्यालयले संकलन हुने प्रवेश शुल्कबाट वार्षिक करिब चार करोड रुपैयाँ आम्दानी गर्दै आएको थियो। सो रकम विद्यालयका करिब सय जना निजी शिक्षकको तलबमा खर्च हुँदै आएको थियो।
महानगरले भने डेभिड फल्सलाई भाडामा दिनुको उद्देश्य पारदर्शिता, दीर्घकालीन संरचनागत सुधार र पर्यटन प्रवर्द्धन रहेको जनाएको छ।
निर्णयपछि विद्यालयका विद्यार्थी, अभिभावक, पूर्वविद्यार्थी, शिक्षक र स्थानीयवासीले विरोध प्रदर्शन गर्दै उनिहरुले विद्यालयको आम्दानी खोस्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।
डेभिड फल्स पोखराको पर्यटन नक्सामा मात्र होइन, सांस्कृतिक चेतनामा पनि गहिरो गरी अंकित छ। विदेशी पर्यटकदेखि आन्तरिक भ्रमणकर्तासम्मका लागि यो स्थल अनिवार्य गन्तव्य मानिन्छ। पानीको गर्जन, पहिरिएको ढुङ्गा र पातालतर्फ हराउने झरनाले यहाँका आगन्तुकलाई अद्भुत अनुभव दिलाउने गर्छ। यही सम्पदा अहिले व्यापारीकरणको चक्रव्यूहमा फस्ने संकेत देखिँदा चिन्ता बढेको छ।