काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

पोखरा, माघ १४ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भर्चुअल माध्यमबाट दिउँसो ३ बजेपछि बस्नेछ । बैठकको एजेण्डा केन्द्रीय कार्यसम्पादन समिति गठन सम्वन्धमा उल्लेख गएिको छ । एउटा मात्रै एजेण्डा पठाइएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य सहभागी हुनेछन् । भर्चुअल बैठकको लिंक एसएमएसमार्फत् पठाइने मुख्यसचिव पौडेलले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।बैठकमा स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल हुन सक्ने बताइएको छ ।स्थानीय तह निर्वाचनबाट काँग्रेस भाग्न खोजेको आरोप प्रतिपक्ष दल एमालेले लगाउदै आएको छ ।

काँग्रेस माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादीको एजेण्डाकोपछि लागेको भन्दै आलोचना हुने थालेको छ । काँग्रेसले आफुलाई लोकतान्त्रिक दल भनेर दावी गरेपनि व्यवहार त्यस्तो नभएको टिप्पणी सुरु भैरेका बेला बस्न लागेको बैठकलाई महत्वका साथ हेदिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...