पोखरा । पोखरा ३ का अटेरी उम्मेद्वारले चुनावी कार्ययोजना सार्वजनिक गरेका छन् । आउँदो स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र (अटेरी) उम्मेद्वारी घोषणा गरेका महेश उदासले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्र सार्वजनिक गर्दै उदासले वडाका प्राचीन सम्पदा संरक्षणमा लागि पर्ने बताए । राजनीतिक दल छाडेर स्वतन्त्र उम्मेद्वारी सार्वजनिक गर्न पाउँदा गर्व महसुस गरेको उनले सुनाए । ‘सम्पदा बस्तिको सन्तान भएकाले यहाँको बस्तुस्थिति मलाई थाहा छ, यहाँको आवश्यकता र जनचाहना थाहा छ,’ उनले भने, ‘चुनाव आएपछि मात्रै जनताको घरदैलो चहार्ने नेता देखेर वाक्क भएका नागरिक नै मेरो उर्जा हुन् ।’
साथै, सोही कार्यक्रममा वडा नम्बर ३ को वडा सदस्य पदमा दिनेश उदासले समेत अटेरी उम्मेद्वारी सार्वजनिक गरेका थिए ।कार्यक्रममा अटेरी अभियानका परिकल्पनाकार तथा पोखरा महानगर प्रमुखमा अटेरी उम्मेद्वारी घोषणा गरेका गनेस पौडेल सबैलाई अटेर हुन आह्वान गरेका थिए । उनले जुनसुकै दलमा आबद्ध रहे पनि पार्टी पद्धतिमा नचले अटेर गर्न सबैलाई आह्वान गरे । कार्यक्रममा वडा नम्बर ३ बासिको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रम अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले सञ्चालन गरेका थिए ।