पोखरा,जेठ ११ गते। कोरोना संक्रमणका कारण निधन भएका पत्रकार जगन्नाथ पौडेल (गणेश) को स्मृतिमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ ।
पौडेलको निधनभएको १३औं दिनको पूण्य तिथिमा नेपाल पत्रकार महासंघ कास्कीले श्रद्धाञ्जलीसभा आयोजना गरेको हो । श्रद्धाञ्जलीसभामा अग्रज पत्रकार एवं पत्रकारका नेताहरुले गणेश पौडेल अत्यन्तै मिलनसार र सहहृदयी मित्रभएको भन्दै स्मरण गरे ।
उनीहरुले शुत्रलाई पनि मित्रवत व्यवहार गर्ने पौडेलको निधनले पत्रकारिता जगतमा अपूरणीय क्षतिपुगेको बताए । नेपालपत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पगेनीले पत्रकार गणेश पौडेलका परिवारका सदस्यलाई रोजगारीमा लगाउन महासंघले पहल गर्नुपर्नेमा जोड दिंदै आफूले पनि यस्ता कार्यमा सघाउने प्रतिवद्धता जनाइन् ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी,महासंघका पूर्व अध्यक्ष नारायण कार्की, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, प्रेस संगठनका अध्यक्ष सन्देश श्रेष्ठ, पत्रकार अपिल त्रिपाठी, महासंघका सचिव माधव बरालले गणेश पौडेलको निधनले सिंगो पत्रकारिता जगत नै स्तव्धभएको बताए । पोखरास्थित गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार पौडेलको वैशाख ३० गते निधन भएको थियो । पोखरा ३३, बागमारा निवासी ४० वर्षीय पौडेल डेढ दशक अघिदेखि पत्रकारितामा सक्रियथिए । उनकाश्रीमती र दुई छोरा छन् ।