पोखरा महानगरपालिका २४ ,कास्किकोटमा नयाँ भेरियन्ट सहितको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि वडा कार्यालयले आफ्ना कार्यक्रमहरु सुरु गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी वडामा रहेका महिला स्वास्थ्य स्वयम् सेवीकाहरुलाई स्वास्थय सामाग्रीका साथै औषधी समेत वितरण गरेको छ ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष ओमप्रसाद सुबेदीले भने कास्कीकोटमा कोरोना संक्रमण नियन्त्रण गर्न आफुहरुले प्रयास गरीरहेको र वडा वासीहरुले स्वास्थ्यको मापदण्ड पुर्ण रुपमा पालना गर्न तथा यस्तो विषम परिषथितीमा सास्कृतीक तथा धार्मीक कार्यक्रमहरुको आयोजना नर्गन अनुरोध गर्दै गाउँमा यदी कोही नयाँ मान्छे भित्रीए तथा विदेशबाट आएको थाहा पाएमा तुरुन्त वडा कार्यालमा खवर गर्न अनुरोध समेत गरेका थिए ।
कास्कीकोट स्वास्थ्य चौकी प्रमुख दिपेन्द्र कुमार रेग्मीले यदी कसैलाई कोरोनाको लक्षण देखा परेमा तुरुन्त खवर गर्न आग्रर्ह गर्दै महिला स्वास्थ्य स्वयम् सेवीकाहरुलाई प्रत्येक दिन टोल तथा वस्तीको स्वास्थय अवस्थाबारेमा जानकारी राख्न सुझाव समेत दिएका थिए । वडा कार्यलयले आवश्यक स्वास्थ्य सामाग्रीहरुको वन्दवस्त समेत गरेको छ ।
वडामा रहेका जनप्रतिनिधी सहभागी पाचँ वटा समुह निमार्ण गरी विभीन्न टोलमा जनचेतना तथा संक्रमीत भएमा आवश्यक औषधी ,अक्सिजन नाप्ने यन्त्र ज्वरो नाप्ने थर्मन गन तथा अन्य सामाग्रीहरु वितरण गरीएको वडा सचिव कुसुमराज सुवेदीले जानकारी दिए । वडा भित्र कतै कोरोनाको लक्ष्ण देखिएमा वा संक्रमीत भएका त्यसको पुर्व जानकारी लिनको लागी वडास्तरमा समुह निमार्ण गरी कोरोना सम्वन्धी जानकारी वडा कार्यालले लिन थालेको छ ।वडा कार्यालयले कास्कीकोटमा पाँच वटा स्टेशन निमार्ण गरेको छ । स्टेशनहरुमा जनप्रतिनिधहरुको नेतृत्वमा महिला स्वयम् सेवीकाहरुको टोली निमार्ण गरीएको छ । स्टेनशनलाई आवश्यक पल्सअक्सोमिटर,औषधी सहित स्वास्थ्य सामाग्रीहरु, आगामी दिनमा समेत निरन्तर वितरण गर्ने सुवेदीले वताए ।