नेपाल तेलिकमले केहि दिन अघि मात्र लम्जुङ जिल्लामा सुरु गरेको नेपाल टेलिकमको द्रुत गतिमा इन्टरनेट चल्ने FTTH (Fiber To The Home) प्रविधि स्याङजा जिल्लामा पनि सुरु भएको छ ।
स्याङजाका पुतलिबजार नगरपालिकाका मेयर सिमा क्षेत्रिले वार्ड नं. १ को कार्यालयबाट FTTH प्रविधिको सेवा शुभारम्भ गरेकी हुन् । मेयर क्षेत्रिले स्याङजा जिल्लामा पहिलो पटक एकै तारबाट द्रुत गतिको इन्टरनेट, फोन र टिभी चल्ने सेवा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै धन्यबाद दिनु भएको थियो
हाल स्याङजा जिल्ला अन्तर्गत सहिद चोक एरिया, विष्णु पँधेरा, रोशनी बोर्डीङ्ग स्कुल वरीपरी र स्याङजा कारागार आसपास लगायतको क्षेत्रमा FTTH प्रविधि जडान गरिएको छ |
उक्त कार्यक्रममा प्रादेशिक निर्देशनालयका वरिष्ठ ईन्जिनियर रामचन्द्र पोखरेलले वार्ड नं. १ का वडा अद्यक्ष निर्मल कुमार शेरचनलाई FTTH को CPE हस्तान्तरण गर्नु भएको थियो भने मेयर सिमा क्षेत्रिले नेपाल टेलिकम वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशकलाई फोन गरी नगरपालिकाको वार्ड नं १ बाट सेवा सुभारम्भ भएकोमा धन्यबाद समेत दिनु भएको थियो |
नेपालको ७७ वटै जिल्लामा FTTH सेवा सञ्चालनमा ल्याउने तयारी गरेको नेपाल टेलिकमले यस अघि ५९ जिल्लामा FTTH सेवा सुरु गरिसकेको छ । सो सेवा सुरु गरिएको स्याङजा ६० औं जिल्ला हो ।
एकै तारवाट टेलिफोन, इन्टरनेट र टेलिभिजन लिन सकिने यो प्रविधि जिल्लाका अन्य स्थानहरु वालिंग, गल्यांग तथा मिर्मि क्षेत्रमा पनि छिट्टै सुरु गरिने नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका वरिष्ठ ईन्जिनियर रामचन्द् पोखरेलले बताए।