पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा हरेक महिनाको अन्तिम शनिबार गरिने हाइकिङ कार्यक्रम फागुन महिनाको अन्तिम शनिबार पर्यटकीय गाउँ सिक्लेसमा सम्पन्न भएको छ ।हाइकीङमा सबै उमेर समुहका सहभागी हुन सक्ने भएता पनि कम्तीमा १५ वर्षदेखि ६० वर्षसम्मका हरेक क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरु, विद्यार्थीहरु, व्यवसायीहरु, पत्रकार तथा पर्यटन व्यवसायीहरु हाइकिङमा सहभागी हुन सक्ने हाइकिङका संस्थापक तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीका पुर्व अध्यक्ष रविन्द्रराज पौडेलले वताए ।
ग्रामिण पर्यटनको विकासमा आन्तरिक पर्यटनलाई सहभागी गराउने उद्धेश्यले ‘पर्यटन र स्वास्थ्यको लागि हाइकीङ’ नाराका साथ विगत २ वर्ष देखि हाइकीङ कार्यक्रम नियमित रुपमा भइ रहेकोमा विचमा कोरोनाले रोकेको हाइकीङका संयोजक पत्रकार कृष्ण रानाभाटले वताए ।पहिलो पटक हाइकीङमा सहभागी न्युरोड दरबारथोकमा रहेको द प्लान्टलेटका संचालकहरु अनमोल वस्नेत र सुर्यदेव चौधरीले महिनाको एकपटक हाईकिङ कार्यक्रमले महिना भरको व्यवसायको तनावबाट छुटकारा पाई आनन्दको अनुभुति हुने वताए ।
नियमित रुपमा हाइकीङमा सहभागी एसओएस व्यावसायिक तालिम केन्द्रका मोहन केसीले कास्कीको अत्यन्तै रमणिय तथा पर्यटकीय गाउँ सिक्लेसमा पहिलो पटक आउने मौका हाइकिङले जुराएकोमा क्लबका सदस्यहरुलाई धन्यवाद दिए ।हाइकीङमा आर्थिकको पाटो हेर्दै आइकी क्लबकी सदस्य टिका आचार्यले क्लबलाई विधिवत रुपमा सम्बन्धि निकायमा दर्ता गरी संचालन गर्ने योजना रहेको वताउँदै पोखरादेखि टाढा आउँदा खर्चिलो हुने भएकोले विद्यार्थीहरुलाई समेट्न नसकिएको वताईन् ।त्यसैगरी हाइकीङमा सहभायी पोखरा २६ की तारा राजभाट, पोखरा १३ काहुँखोलाकी शुशिला रानाभाट, पोखरा ३३ वागमाराका संकल्प चापागाई, दिलकुमारी हमाल, शुशिल वास्तोला लगाएतले हाईकीङको अनुभव वताएका थिए ।