पोखरा, कात्तिक २२ गते । पोखराको बगरकी अनिता गुरुङलाई छठ पर्व रमाइलो लाग्छ । उहाँलाई तराईबासी महिलाले निधारमा रातो र लामो टिका लगाएर टाउकोमा पुजा सामाग्री लिएर हिडेको मनपर्छ । त्यसैले यस पटकको छठ मनाउने तयारी गर्नुभएको छ । उहाँ मात्र हैन्, उहाँका संगीहरु समेत छठ पर्व मनाउन इच्छुक देखिएका छन् । लेखनाथकी अस्मिता पौडेलले पनि छठ मनाउने बताउनुहुन्छ ।
त्यस्तै पोखराको मझेरीपाटनकी अनिता तिमिल्सिनालाई पनि छठ पर्व खुव मन पर्छ । पछिल्लो समय पोखरामा छठ मनाउने क्रमम बढदो छ । तराईमा मात्रै समित यो पर्व केही वर्ष यता पहाडी जिल्लामा पनि धुमधामका साथ मनाउन थालिएको छ । नेपाली पर्वहरु सवैका साँझा हुन् जसले मनाएपनि हुन्छ, पोखराका विष्णु बसौला भन्नुहुन्छ नेपालीहरु वीच सांस्कृतिक एकता छ, त्यसैले दशै, तिहार र छठ सवैका साझा पर्व भएका छन् ।
तराई तिर धुमधामले मनाईने छठ पर्व केही वर्षयता पोखरा लगाएतका ठाउँमा पनि धुमधामका साथ मनाइदै छ । छठ मनाउनका लागि पोखराको फेवाताल किनार, केदारेश्वर महादेव मन्दिर, सेती नदि र नारायणथान मन्दिरमा छठ मनाउन तयारी गरिएको छ ।
छठको अवसरमा भक्तजनहरुले निराहार ब्रत बसी अस्ताउँदो सूर्यलाई अर्घ दिने, र त्यसको भोली पल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिन्छ । छठका अवसरमा मन्दिर परिसरमा छठ पूजा, विभिन्न भजनकीर्तन, नाचगान, प्रसाद वितरण हुन्छ । छठ पर्व अन्तर्गत गहँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटेर त्यसको पिठोबाट गुलियो खाद्य सामग्री बनाइन्छ । यही दिन अन्न बाहेक पिरुकिया, ठकुआ, भुसवा, खजुरी फलफुल तथा मुला, गाजर , बेसार, ज्यामिर, नरिवल, सुन्तला, केरा, नांग्लो, कोनिया, सरवा, ढाकन, माटोटको हाथी ठुला ढक्कीमा राखी परिवारका सम्पुर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै नदी किनार वा पोखरी नजिक पुग्ने गर्दछन् ।
ब्रतालुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सुर्य अस्ताउन्जेलसम्म आराधना गर्ने गर्छन् । यसपछि भोली विहान सुर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुनेछ । कार्तिक शुक्ल पक्षको षष्ठी तिथिमा पर्ने छठ पर्वमा सूर्य भगवानको साथमा छठी मैयाको पूजा हुने गर्देछ । पोखरामा मैथिली तथा तराईमूलका बासिन्दा एवं भारतीय नागरिकले यो पर्व धुमधामका साथ मनाउँदैछन् । ठेकुवा, लडु, कसार, पुरुकिया, खजुरी, पञ्चमेर, पञ्चफल विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, मूला, निम्बु, अदुवा, उखु लगायतका प्रसाद छठमा चढाइन्छ ।