पोखरा,१० वैशाख पोखरा उद्योग वाणिज्य संघले उद्योगी÷व्यवसायीका निम्ति आयकर तथा मूल्यअभिवृद्धि करसम्बन्धी तालिम दिने उपक्रममा महिला उद्यमीहरुलाई समेटेको छ ।

बुधबारबाट सुरु भएको सो तालिममा पोखरा र यस क्षेत्रमा रहेका झण्डै १ सय जना महिलाहरुको सहभागिता रहेको थियो । सो तालिममा सिए विवेक श्रेष्ठले करका विविध आयामबारे तथा मानव सेवा आश्रम पोखराका प्रमुख रामजी अधिकारीले सहभागीहरुलाई स्वस्थ मन र शरीर निर्माणका लागि अपनाउनुपर्ने जीवनशैलीबारे प्रशिक्षण दिएका संघकी महासचिव शोभा गौतमले बताइन् ।
कार्यक्रमको सुरु तथा समापनको अवसरमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्योगी÷व्यवसायीको हितका निम्ति संघले संचालन गरेका गतिविधिबारे जानकारी दिएका थिए भने नयाँ व्यवसाय सुरु गर्न इच्छुकलाई सघाउन संघ सदैव तयार रहेको बताएका थिए ।
पोखरा उद्योग वाणिज्य संघले जर्मन सहयोग संस्था जीआइजेडको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी) को सहयोगमा सो तालिम आयोजना गरेको हो ।
बिहीबार तालिम समापनको अवसरमा संघका अध्यक्ष गोकर्ण कार्कीसहित प्रमुख अतिथि मानव सेवा आश्रम पोखराका प्रमुख रामजी अधिकारीलगायत संघका पदाधिकारी र कार्यसमितिका सदस्यहरुले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका तालिम संयोजक तथा संघकी महासचिव शोभा गौतमले जानकारी दिइन्
।