पोखरा, चैत ४ गते ।आफ्नो वडाभित्र रहेका महिलाहरुलाई सीपमुलक तालिम प्रदान गरी आत्मनिर्भर सहित ब्यवशायी बनाउने उद्देश्यले पोखरा महानगरपालिका वडा नम्बर २० ले ६ महिने सिलाई कटाइ तालिम सुरुवात गरेको छ । महिलाहरुलाई घरेलु काम संगै गाउमै सीप सिकाएर स्वरोजगार ब्यवशायी बनाउने उद्देश्यले धौलागिरी सीप बिकास केन्द्र बाग्लुङको प्राविधीक सहयोग र भलाम बहुद्देश्यीय सिकाइ केन्द्रको सहयोगमा वडाले ६ महिने तालिम सञ्चालन गरेको हो ।
बुधवारदेखी सुरु भएको तालिमको पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै अध्यक्ष गुरुङले महिलाहरुले घरेलु काम संगै ब्यवशायीक सीप सिकेर आत्मनिर्भर ब्यवशायी बनोस भन्ने उद्देश्यले वडाको सहयोगमा तालिमको आयोजना गरिएको वताए । गुरुङले तालिममा सिकेको कुरालाई ब्यवहारमा उतारेर ब्यवशायी बन्नुपर्नेमा जोड दिदै घरमा फाटेको लुगा सिलाउनका लागी मात्र नभइ तालिमले अव ब्यवशायीक रुपमै कपडा सिलाउन सक्षम हुनेमा आफु विश्वस्त रहेको वताए । महिला दिदीवहिनीहरु ब्यवशायीक रुपमा सक्षम नभएसम्म फेरिपनि यस्ता सीपमुलक तालिमहरु वडाले प्रदान गर्ने समेत उनको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै वडा सदस्य मनवुजा बिकले अहिले पनि महिला दिदीवहिनीहरु घरेलु काममै ब्यस्त हुनुपर्ने बाध्यता रहिरदा फुर्सदको समय मिलाएर यस्ता सीपमुलक तालिममा सहभागी भएर तालिममा सिकेको कुरालाई ब्यवहारमा उतार्न सके महिलाहरु स्वयं आत्मनिर्भर हुने वताइन । त्यस्तै अर्का वडा सदस्य लक्ष्मी सुवेदीले ग्रामीण भेगमा बसोबास गर्ने महिलाहरुलाई सीपमुलक तालिम सवर्ण अवसर भएकाले यस्ता तालिमले महिलाहरुलाई ब्यवशायीकरण गराउन समेत महत्वपूर्ण भुमिका खेल्ने वताइन । वडा सदस्य भीम प्रसाद बास्तोलाले महिला दिदी बहिनीहरुका लागि आयोजना गरिएको तालिममा भरपुर समय दिएर तालिममा सिकेको कुरालाई ब्यवहारमा उतार्न जोड दिए ।
धौलागिरी सीप बिकास केन्द्र बाग्लुङका सह संयोजक प्रेम प्रसाद सुवेदीले महिला दिदी वहिनीहरुलाई आफुहरुको संस्थाबाट लामो समयदेखी सिलाइकटाइ तालिम प्रदान गर्दै आइरहेको र हाल सम्म अधिकांश महिलादिदीबहिनीहरु स्वरोजगार बनिसकेको वताउदै तालिममा सिकेको कुरालाई ब्यवहारमा उतार्दै ब्यवशायमा लाग्नुपर्नेमा जोड दिए । भलाम बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्रका अध्यक्ष कृष्ण राज पौडेलले तालिमलाई तालिमको रुपमा नलिइकन सिकेको कुरालाई निर्वाहमुखी भन्दापनि ब्यवशायी मुखी हुने गरी लाग्न सुझाव दिए ।
भलाम बहुद्देश्यीय सिकाइ केन्द्रकी सचिव रोशनी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अमृता तिवारीले स्वागत मन्तब्य राखेकी थिइनभने कार्यक्रमको सञ्चालन धौलागिरी सीप बिकास केन्द्रका संयोजक बालकृष्ण पन्तले गरेका थिए । ६ महिना सम्म सञ्चालन हुने उक्त तालिममा वडाभित्रका ३० जना महिला दिदीवहिनीहरुको सहभागीता रहेको छ ।